29.1 C
Kathmandu
Saturday, July 27, 2024

असार १५ सम्म पर्वतमा करिब १५ प्रतिशत रोपाई

पर्वत -असारको १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने गर्दछ । असारको १५ सम्म पर्वतमा करिब १५ प्रतिशत खेतमा मात्र धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । ज्ञान केन्द्रकी प्रमुख मनिता थापाका अनुसार मनसुन ढिलो गरी शुरु हुँदा धान रोपाईको प्रतिशत कमी देखिएको हो ।

बर्षात भईरहेको र बर्षात नरोकिए १/२ साता भित्र ५० प्रतिशत बढि खेतमा धान रोपाई सम्पन्न हुने कार्यालय प्रमुख थापाको भनाई छ । धान रोपाई असारको दोस्रो साताबाट मात्र तिव्र गतिमा शुरु भएको छ । मनुसुनका कारण कतिपय ठाउँमा विउ नै हुर्कन नपाएका कारण पनि रोपाई प्रभावित भएको थापाले जानकारी दिइन् ।

आज असार १५ धान दिवस कृषि ज्ञान केन्द्र, स्थानीय पालिकाहरु विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछन ।

ताजा

Related Articles