नेपाल दलित मुक्ति संगठनद्वारा बझाङ र कैलालीमा भएको जातीय विभेदको बिरोध,दोषीलाई कारबाहीको माग

133

पर्वत- नेकपा (एकीकृत समाजवादी) निटक नेपाल दलित मुक्ति संगठनले हालै बझाङ र कैलाली जिल्लामा भएका जातीय विभेदका घटनाप्रति बिरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ  । सनिवार संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा दुबै जिल्लाका घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ “ऐतिहासिक जनक्रान्तिको सफलताको जगमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान तथा विद्यमान ऐनकानूनलाई चुनौति दिदै बझांङ र कैलालीमा हालै घटाइएका जातीय छुवाछूत र विभेदका घट्नाहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ” बझाङमा दलितले आफ्नो घर नजिकै घर बनाएको भन्दै बनाउदै गरेको घर गैरदलितले भत्काएको घटना बाहिरिएको छ भने उता कैलालीमा  अन्तरजातीय बिवाह गरेको भन्दै दुव्र्यवहार भएको छ । विज्ञप्तिमा लेखिएको छ “बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका वडा नंबर ७ स्यालढुंगास्थित वाहुनवस्ती नजिकै स्थानीय पुड्के ओखेडाले आफ्नै जमिनमा घर निर्माण गर्न लाग्दा २०८० श्रवण १० गतेका दिन स्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० बढी व्यक्तिहरुको समुहले दलित भएकै कारण हाम्रो घर नजिक किन घर बनाएको भन्दै निज पुड्के ओखेडाको निर्माणाधिन घर भत्काउने काम गरेका छन् । यसरी २५ वर्षअघि खरिद गरेको आफ्नै लालपूर्जा भएको जमिनमा घर निर्माण गर्न खोज्दा भत्काउने मात्र होइन निज पुड्के ओखेडाको बालीनालीसमेत नष्ट गर्ने र निज दलितहरुलाई कुटपीट तथा गाली गलौच गर्ने कामको जति विरोध गरेपनि कमै हुन्छ ।
त्यस्तै कैलाली जिल्लाको गैरीगंगा नगरपालिका वडा नंबर ७ की सरस्वती खडका र गोदावरी नगरपालिका वडा नंबर ९ का सुरेश विश्वकर्माको बीचमा यही २०७९ फागुन २९ गते अन्तरजातीय विवाह भएकोेमा निजहरुलाई काठमाडौंस्थित गौसला प्रहरी वृतका प्रहरी स्वयंले “खड्काकी छोरी भएर कामीसंग विवाह गर्न लाज लाग्दैन” भन्दै दुव्र्यवहार गरेका छन् । यस घट्नाले निज सुरेश र सरस्वती दुवै जना मानसिक तनावमा छन् भने सुरेश विकको आमा र भाइ कैलालीमा असुरक्षित रहेको थाह भएको छ ।
कानूनको पालना गर्न गराउन सुरक्षामा खटिएका प्रहरी स्वयंबाट यसखाले कानून विपरित हर्कत हुनु र एउटा सिंगै बस्तिका मान्छेहरु आएर दिन दहाडै दलित भएकै कारणले उनको बालीनाली नष्ट गर्ने र घर भत्काउँदा पनि प्रहरी प्रशासनले कुनै कदम चालेका छैन । उक्त दुइटै घट्नामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गर्न र गौसाला वृतका प्रहरीलाई तत्काल निलम्बन गरी कार्वाही गर्न तथा निज अन्तरजातीय विवाह गर्ने जोडी तथा बझांग पुड्के ओखेडाको परिवारको पूर्ण सुरक्षा गर्न हामी जोडदार माग गर्दछौं । यसखाले अमानवीय घट्नाका विरुद्ध आफ्नो आफ्नो स्थानबाट न्यायका पक्षमा बोल्न र देशव्यापी वाव सिर्जना गर्न सम्पूर्ण न्यायप्रेमीहरुमा आव्हान गर्दछौं ।”दुबै घटनामा दलित संघसंगठन, अगुवा तथा सामाजिक अभियान्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै उक्त घटनाको बिरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here