28.1 C
Kathmandu
Tuesday, July 16, 2024

काठमाडौं उपत्यकाका बिभिन्न बस्तीमा डुवान

काठमाडौं -सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बिभिन्न बस्तीहरु डुवानमा परेका छन् ।

बर्षाका कारण खोलाको सतह बढेपछि खोलावरपरका बस्तीहरु पनि डुवानमा परेका छन् । काठमाडौंको बिष्णुमी तथा बागमती नदी छेउछाउका घर र बस्तीहरु जलमग्न भएका छन् । मंगलबार दिउँसो पानी पर्न कम भएपछि सर्वसाधारणहरु घर र पसलको सामानहरु ब्यवस्थापनमा जुटेका छन् ।

काठमाडौंको टेकु,थापाथलीस्थित सुकुम्बासी बस्ती,शंखमूल लगायतका क्षेत्र डुवानमा परेका छन् । त्यसैगरी ललितुिरको च्यासलस्थित फुटबल मैदान र नेकपा एमालेको वार्टी कार्यालय पनि डुवानमा परेका छन् ।

यस्तै भक्तपुरको केही स्थान पनि डुवानमा परेका छन् । अविरल बर्षाका देशका कतिपय राजमार्गमा पहिरोले आवागमन प्रभावित भएको छ ।

ताजा

Related Articles