20.1 C
Kathmandu
Wednesday, May 13, 2026

अनेरास्ववियू रुकुम पश्चिमको जिल्ला अध्यक्षमा मल्ल चयन

पर्वत-नेकपा (एकीकृत समाजवादी) निकट बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियू) रुकुम पश्चिमको जिल्ला अध्यक्षमा रमेश मल्ल चयन हुनुभएको छ । बुधबार मुसिकोट नगरपालिका १ मा सम्पन्न संगठनको १६ औ जिल्ला सम्मेलनबाट मल्लको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कमिटि सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा कृष्णा बस्नेत र सचिवमा टिका वली चयन हुनुभएको छ । त्यसैगरी जिल्ला कमिटिको सहसचिवमा रमण परियार र इलाका पुन मगर चयन हुनुभएको छ भने कोषाध्यक्षमा प्रमिला मल्ल चयन हुनुभएको नव निर्वाचित अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

निवर्तमान अध्यक्ष हुकुम बिसीको अध्यक्षतामा भएको जिल्ला अधिवेशनमा संगठनका केन्द्रीय उप महासचिव डम्मर सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज देवी ओली, केन्द्रीय सदस्य तथा रुकुम जिल्ला अध्यक्ष बिमल कुमार पुन, पार्टीका जिल्ला सचिव सुरज कुमार परियार, उप सचिव धनराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles