29.1 C
Kathmandu
Saturday, July 27, 2024

फलामखानी राम्चेका क्यान्सर रोगी बुद्धि जीवन मृत्युको दोसाँधमा,ज्यान बचाइदिन आर्थिक सहयोगको अपिल !

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी राम्चेका बुद्धि बहादुर सुनार घाटीको क्यान्सर रोगबाट ग्रसित भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । हालसम्म आफुसँग भएको सबै सम्पत्ति उपचारमा सकिएको र आर्थिक अवस्था अति कमजोर भएका कारण उहाँले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । उहाँलाई केहि बर्ष अगाडि घाटीको अप्रेसन गरेर पुनर्जीवन पाएका उहाँलाई फेरि अर्को समस्या आइ परेपछि आर्थिक अभावमा जीवन मरणको अवस्थामा हुनुहुन्छ । वैदेशिक रोजगारमा गएका बुद्धि बहादुरलाई अचानक रोग लागेपछि २०७१ सालमा घाटीमा अचानक समस्या आयो । घर फर्किएपछि आफुसँग भएको भएभरको आर्थिक र जग्गाजमिन बेचेर अप्रेसन गर्नुभयो । अप्रेसन पश्चात् उहाँको आवाज बन्द भयो,उहाँको अहिले आवाज आउदैन ।
उपचार सफल भयो । उहाँले पुनर्जीवन पाउनुभयो । उहाँको जीवन त प्राप्त भयो तर बोल्ने आवज आएन । उहाँको घाटीमा प्वाल छ, त्यहीँबाट स्वास फेर्नुहुन्छ । उहाँ अहिले बोल्न सक्नुहुन्न । पुनर्जीवन पाएका बुद्धिको सामान्य रुपमा जसोतसो दुख कष्ट गरेर जेनतेन जीवन चलिरहेको थियो । तर कस्तो बिडम्बना अचानक अहिले आएर फेरि उहाँलाई त्यहीँ घाटीको समस्या सम्बन्धि अर्को समस्या बल्झियो । चितवन भरतपुर क्यान्सर अस्पतालमा हालै उपचारमा पुगेका उहाँको डाक्टरले फेरी अप्रेसन गर्नुपर्ने बताएका छन् । उपचारमा धेरै रकम लाग्ने बताइएको छ । उपचार गर्नका लागि पैसा छैन । आर्थिक सहयोग अपिल गर्नुको विकल्प भएन । घरको आर्थिक अवस्था अति कमजोर भएपछि आर्थिक सहयोग अपिल गर्नुको विकल्प नभएको क्यान्सर पीडित बुद्धि  बहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो ” म बाच्न चाहान्छु, मेरो उपचारका लागि सबै दाजुभाइ दिदिबहिनीहरुले सक्दो सहयोग गरिदिनुहोस ।”
सामान्य ज्याला मजदुर र अर्काको घरमा काम गरेर जीवन निर्वाह गरेका उहाँलाई फेरि त्यहीँ घाटीको क्यान्सर बल्झिएपछि जीवन मरणको दोसाँधमा छट्पटी रहनुभएको छ । सामान्य ज्याला मजदुर गरेर दैनिकि गुजारा गर्दै आइरहनुभएका सुनारलाई जटिल रोगले ग्रासित पारेपछि आर्थिक अभावमा उपचारमा समस्या भएको छ ।
उहाँको दाइको छोरा पुर्ण बहादुर सुनारले भन्नुभयो, “अकंलको उपचारको लागि भएभरको सबै खर्च गर्‍यौं ।” अहिले आएर उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग माग्नुको विकल्प भएन । “देश बिदेशमा रहेका सबै सहयोगी महानुभावहरुलाई उहाँले सहयोग गरिदिन आग्रह गर्नुभएको छ । श्रीमती, दुई छोरी र एक छोरा रहेका उहाँको आर्थिक अवस्था निकै नाजुक छ । उमेरले चालीस नकाटेका बुद्धि बहादुरलाई बाच्ने चाहाना छ र कलिला छोराछोरीलाई हुर्काएर उनीहरुको उज्ज्वल भविस्य निर्माणको सपना रहेको छ । जतिसक्दो सहयोग गरेर आफ्नो ज्यान बचाइदिन उहाँले सबै दाजुभाइ दिदिबहिनी सहयोगीहरुसँग अपिल गर्नुभएको छ ।

सहयोगका लागि बुद्धि बहादुरको दाइको छोरा कर्ण बहादुर सुनार (गोरे)-9805130881
पत्रकार- लक्ष्मण विश्वकर्मा-9857675101

ताजा

Related Articles