29.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मामा भोलि मनसुन अम्रेला फेस्टिबल, जिबबको लाइभ कन्सर्ट हुने

पर्वत- पर्वतको कुश्मामा यहीँ भदौ ९ गते विशेष सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट मनसुन अम्रेला फेस्टिबल हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत र रिदम व्याण्डको आयोजना उक्त कार्यक्रम हुने भएको हो ।  कार्यक्रममा पछिल्लो समयका चर्चित पप गायक र्‍यापर शुदिप भण्डारी जि-बब आउने भएका छन् । सनिवार साँझ जिबबको लाइभ कन्सर्ट रहनेछ  । धौलागिरी क्षेत्रमै पहिलो पटक चर्चित र्‍यापर जि-बब कुश्मामा आउने भएका हुन । कार्यक्रम कुश्मा बजारको बान्द्रेवेणी चौरमा दिउँसो २ बजेबाट संचालन हुनेछ । गरिब, असहाय, दीर्घरोगी तथा प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोगको लागि कार्यक्रम आयोजना गरिएको आयोजले जनाएको छ ।

कार्यक्रमको तयारी पुरा भएको व्यवस्थापक रामचन्द्र पौडेल आर.सीले बताउनुभयो । पौडेलले १ दर्जन बढी लोकदोहोरी क्षेत्रका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने बताउनुभयो । यो कार्यक्रम विशेष आकर्षणका रुपमा हेर्न थालिएको छ । पर्वत बाहेक बाग्लुङ, बेनी, पोखरा देखी दर्शकहरुको उत्साह देखिएको रिडम्स म्युजिक ग्रुपका व्यवस्थाप तथा कार्यक्रम संयोजक सन्दीप बस्यालले बताउनुभयो ।

प्रायः फरक ड्रेसमा देखिने जि-बबलाई राष्ट्रिय पोशाकमा प्रस्तुति दिने तयारी समेत गरिएको प्रतिष्ठानका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिएकी छन । कार्कीले आफ्नो संस्था लोक तथा दोहोरी गितको संरक्षण संगै फरक विद्याका कलाकारहरुलाई पनि सम्मानको संस्कृति विकास गर्न जि-बबलाई कार्यक्रममा आमन्त्रण गरिएको बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान प्रवर्द्धन गर्न विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।

उता र्‍यापर जि-बबले धौलागिरी क्षेत्रका आफ्ना फ्यानहरु संग भेट्न आतुर रहेको बताउँदै सामाजिक संजाल मार्फत कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

ताजा

Related Articles