29.1 C
Kathmandu
Saturday, July 27, 2024

समाजसेवी चन्द्र कुमारी गुरुङको बेलायतमा निधन, सम्मान सहित अन्त्येष्टि गरियो

लण्डन- सामाजिक संस्था चार भञ्ज्याङ् तमु समाज युकेका निवर्तमान अध्यक्ष मदन कुमार गुरुङको धर्मपत्नी समाजसेवी चन्द्र कुमारी गुरुङको बेलायतमा निधन भएको छ । १ सेप्टेम्बर २०२३ सुक्रवार वेष्ट मिडलसेक्स युनिभर्सिटी हस्पिटल लण्डनमा ६२ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । चार भञ्ज्याङ् तमु समाज युकेको आयोजनामा स्वर्गीय गुरुङको सम्मान सहित अन्त्येष्टि कार्यक्रम 19 सेप्टेम्बरमा बेलायतको लण्डनमा सम्पन्न भएको छ ।

स्वर्गीय चन्द्र कुमारी गुरुङको अन्त्येष्टि कार्यक्रम पहिलो फेज सेन्ट मेरी चर्चा हल (Sant Mary’s Church hall )र दोस्रो फेज बेडफन्ट सेमेटरी फेल्थाम (Bedfont Cemetery Feltham ) मा बुद्धिस्ट धर्म सस्कार अनुसार धर्म गुरुहरु श्रदेय खेन रिम्पुछे शिरलामा गुरु तथा किसानसिङ घले गुरुद्वारा सम्पन्न भएको हो ।  साथै सस्थाका तर्फबाट अध्यक्ष बेन कुमार गुरुङ तथा सस्थापक अध्यक्ष लेप्टेन नारायण प्रसाद गुरुङ बि इ एमले स्व. चन्द्र कुमारी गुरुङको पार्थिक शरीरमा समाजको को झन्डा ओढाइ सम्मान गर्नु भएको थियो l कार्यक्रममा चार भञ्ज्याङ तमु समाज को तर्फबाट समाजका अध्यक्ष वेन कुमार गूरुङले क्रितज्ञाता सहित् उपस्थित सवैलाइ धन्यवाद आभार ब्यक्त गर्दै स्वा. चन्द्र कुमारी गुरुङको जिवनी वाचन गर्नुभएको थियो ।

कार्यक्रममा (१) तमु धी यु के, (2) तमु समाज यु के ,(3) फ्लोन भ्लोन भाई खलक यु के, (4) सोन्पल समाज यु के ,(5) स्याङ्जा समाज यु के , (6) तमु धी लण्डन एकाइ , (7) BCC लण्डन ब्रन्च , (कोने घोन्टे घोथाने समाज यु के, (9) कोने घोतने घोन्टे समाज चेलिबेटि युके , (10) अन्तरराष्ट्रिय नेपाली समाज यु के , (11) बुद्दिस्ट् गुम्बा रेडिङ् ,(12) साहारा यु के , (13) बि सि सि बुद्दिस्त गुम्बा यु के , (14) इन्टेक 78 नम्बरि , (15) CBTSUK लाम्छाने चेलिबेटि लगायत सबै सस्थाका अध्यक्ष तथा प्रतिनिधीले स्व. चन्द्र कुमारी गुरुङको पार्थिक शरीरमा सस्थाको तर्फबाट रिथ अर्पर्ण गरी सब यात्रामा सहभागि हुनु भएको थियो l

स्व श्रीमती चन्द्र कुमारी गुरुङ पर्वत जिल्ला महाशिला गाउँपालिका-५, लामे नेवार डाँडा घर भै हाल उहाका श्रीमान चार भन्ज्याङ तमु समाजका निवर्तमान अध्यक्ष मदन प्रसाद गुरुङका साथ फेल्थाम स्थित बेलायतमा बस्दै आउनुभएको थियो । सदैव सवैको भलो चाहने र सकारत्मक मनकी धनी ,सामाजिक अभियानमा सधै लागिरहने मिलनसार , स्वा चन्द्र कुमारी गुरुङको निधनले चार भञ्ज्याङ तमु समाज यु के ले एउटा असल अभिभावक गुमाएको समाजका अध्यक्ष वेन कुमार गूरुङले जानकारी दिनुभयो । यस्तै चार भञ्ज्याङ तमु समाज युके सग आत्मिय घनिस्ठ सम्बन्ध गासियका Rt.Honourble Lord Charls eddy ( Director of Swinfen charityable Truste UK ) ज्युले पनि उहाको निधन प्रती गहिरो समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवार प्रती समावेदन प्रकट गर्नु भ्एको छ । अन्तेस्तिको दोस्रो चरण्मा सबलाई पाइपरले लिड गरीएको थियो भने दाँया बाँया आफन्त इस्टमित्रजन हरु अन्तिम बिधाइका लागि लाम सस्कार लागेका थिए र लामा गुरु हरुको पित्री कार्य सम्पन्न पस्यत २ मिनेटसम्म मौनधारण गरी अन्त्येष्टि कार्यक्रम समापन भएको थियो l

ताजा

Related Articles