29.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको माटेदेवल जनसहयोगी (प्रा.तथा व्या.) माबिमा भूतपूर्व विद्यार्थी संघ गठन गरिदै

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं.४ मुडिकुवामा अवस्थित माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायीक माध्यमिक बिद्यालयमा भूतपूर्व विद्यार्थी संघ गठन गरिने भएको छ । यहीँ असोज २२ गतेको बिद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार कार्तिक ५ गते बिद्यालयमा भूतपूर्व विद्यार्थी संघ गठन गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले जानकारी दिनुभयो । बिद्यालयमा स्थापना काल देखि हालसम्म अध्ययन गरेका पुर्व बिद्यार्थीहरुको छातासंघ भूतपूर्व विद्यार्थी संघ गठन गरि बिद्यालयको शैक्षिक उन्नयनमा जोड दिने कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । कार्यक्रमलाई सार्थक तुल्याउन सम्पुर्ण पुर्व विद्यार्थीहरु तथा सरोकारवालाहरुलाई कार्तिक ५ गते महाअष्टमिको दिन कार्यक्रममा उपस्थित हुनका लागि अनुरोध गरिएको रिजालले बताउनुभयो । वि.सं. २०१७ सालमा स्थापना भएको उक्त बिद्यालयमा प्राविधिक तथा व्यवसायीक शिक्षाको समेत पठनपाठन हुँदै आएको छ । साथै सोही कार्यक्रममा वडा दशैं, तिहार तथा छठपर्वको शुभकामना आदनप्रदान गरिने उहाँको भनाइ छ ।

ताजा

Related Articles