28.1 C
Kathmandu
Tuesday, July 16, 2024

खौलालांकुरी सामुदायिक विधुतिकरण उपभोक्ता समितिको पाँचौ साधारणसभा सम्पन्न

पर्वत-पर्वतको कुश्मा नगरपालिका-१३ खौलालाकुरी स्थित खौलालांकुरी सामुदायिक विधुतिकरण उपभोक्ता समितिको पाँचौ साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाबाट तेज वहादुर कार्किको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा ओम प्रकाश शर्मा,सचिव तिलक वहादुर लामिछाने सह-सचिव टेक नारायण सुवेदि, कोषाध्यक्ष कमला कुमारी शर्मा लगायत ११ जना सदस्य रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खौलालाकुरीका वडा अध्यक्ष तेज प्रसाद शर्माले जिल्लामै राम्रो संस्थाको पहिचान बनाएको र बिधुतिय उपभोक्ता समितिले राम्रो काम गरेकोमा खुसि व्यक्त गर्दै धन्यवाद तथा आभार प्रकट गर्नुभयो । वडाको विकास र समृद्धिमा सबै एक भएर लाग्नु पर्ने कुरामा शर्माले जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी शिवलाल विक, तिलक वहादुर लामिछाने, राम वहादुर नेपालि,पत्रकार सन्तोष थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तेज वहादुर कार्किको अध्यक्षता सम्पन्न कार्यक्रममा हर्क बहादुर कार्कीको स्वागत मन्तव्य र टेक बहादुर कुँवरले संचालन गर्नुभएको थियोे ।

ताजा

Related Articles