17.1 C
Kathmandu
Sunday, February 8, 2026

चाडपर्वको अवसरमा बनौं युवा क्लबद्वारा सरसफाइ

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौं स्थित सामाजिक कार्यमा क्रियाशिल बनौं युवा क्लबले गोरेटो बाटो तथा मोटरबाटो सरसफाइ गरेको छ । नजिकिदै गरेका नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठपर्वको अवसरमा सरसफाइ गरिएको हो । क्लबका सदस्य साथीहरूको सकृयतामा गोरेटो बाटो,चौतारी, मोटरबाटोको दायाँबायाँ रहेको झाडी तथा सार्वजनिक स्थलहरु सरसफाइ गरिएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।

विगतमा क्लब सामाजिक कार्यमा अग्रसर रहेको र अहिले पनि त्यस्ता कार्यलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । हालसालै बनौंमा विषेश कार्यक्रमको आयोजना गरि संकलित रकमबाट बनौं माबिमा घेराबार गर्नुका साथै अन्य कामहरू समेत गरेको उहाँको भनाई छ ।

हरेक विकास निर्माण तथा सामाजिक कार्यमा युवाहरूको महत्वपुर्ण भुमिका तथा सहभागीता आवश्यक भएको अध्यक्ष पुनले बताउनुभयो ।

ताजा

Related Articles