24.1 C
Kathmandu
Friday, April 17, 2026

समाजवादी मोर्चा पर्वतको पहिलो बैठक, भुकम्पमा परि ज्यान गुमाएकाप्रति शोक व्यक्त !

पर्वत-नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध समाजवादी मोर्चा नेपाल पर्वतको पहिलो बैठक आइतबार कुश्मामा सम्पन्न भएको छ । बैठकले गत कार्तिक १७ गते राती ११:४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्नेच्युटको विनासकारी भुकम्पमा परी ज्यान गुमाएका जाजरकोट र रुकुम पश्चिमका मृतकहरुमा शोक व्यक्त गरि श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै उक्त भुकम्पमा परि घाइते भएकाहरूलाई शिघ्र स्वास्थ लाभको कामना समेत गरिएको छ । 

घाइतेहरुको उपचार गर्न छिटो पहलकदामी लिन, ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउन र घरवारविहीनको पुनस्थापना कार्यमा तत्काल परिणाम दिने गरि काम गर्न नेपाल सरकार समक्ष जोडदार अपिल गरिएको समाजवादी मोर्चा पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो । समाजवादी मोर्चा पर्वत घाइतेहरुको उपचार र घरवारविहीनको पुनस्थापनामा यथासक्य लाग्ने गरि काम गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । मोर्चाको आगामी बैठक मंसिर २ गते बस्ने बताइएको छ ।बैठकमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र नेकपाका नेताहरूको उपस्थिति रहेको थियो । नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष तथा समाजवादी मोर्चा पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न बैठकको संचालन नेकपा माओवादी केन्द्र पर्वतका सचिव तथा समाजवादी मोर्चा पर्वतका सदस्य उमाकान्त भुर्तेलले गर्नुभएको थियोे ।

ताजा

Related Articles