11.1 C
Kathmandu
Monday, February 9, 2026

अनेरास्ववियू मुस्ताङले देउसीभैलोबाट संकलित रकम भुकम्प पिडित बालबालिकालाई पठाउने

जोमसोम-नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियू) जिल्ला किमिटी मुस्ताङले देउसी भैलो कार्यक्रम मार्फत संकलन गरेको १५ हजार रुपैयाँ अनेरास्ववियू केन्द्रीय कार्यालय मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाउने भएका छन् ।

अनेरास्ववीयू केन्द्रीय कार्यालयको बैठकले गत कार्तिक १७ गते शुक्रवार जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पमा परि अंगभंग घाईते तथा घरबार विहिन बालबालिकाको सहयोगार्थ जिल्ला कमिटि देउसि भैलो कार्यक्रम आयोजना गर्ने नर्णिय भएको थियो ।

मुस्ताङ जिल्लाको तर्फबाट पनि सहयोग होस भन्ने उदेश्यले देउसि भैलो कार्यक्रम आयोजना गरि रकम पठाइएको अनेरास्ववियू जिल्ला कमिटीका अध्यक्ष आदित्य रसाइलीले जानकारी दिए । उक्त कार्यक्रममा विद्यार्थीहरुको स्वागत योग्य उपस्थिति रहेको रसाइलीले बताए । देश संटकमा परेको बेला मुस्ताङ जिल्ला कमिटी सदैव पिडितको पक्षमा रहदै आएकोसमेत उनले बताए ।

ताजा

Related Articles