रोट्राक्ट क्लब पर्वत र बाग्लुङद्वारा पर्वत अस्पतालमा रक्तदान !

88

पर्वत -पर्वत अस्पतालमा रोट्राक्ट क्लब पर्वत र बाग्लुङको आयोजनामा सनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३७ जनाले रगत दान गर्नुभएको रोट्राक्ट क्लब पर्वतका अध्यक्ष सुजन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले युवाहरूकाे याे कार्य निकै उदाहरणीय र समाजिक मुलक तथा प्रशंसायुक्त रहेकाे र आफुले आफ्नो ठाँउ बाट सहयाेग गर्ने बताउनुभयाे । नेपाल रेडक्रस साेसाईटि पर्वतका सभापति रुद्र बहादुर रिमाल,पर्वत अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्ताेला, राेटरियन याेगराज गिरी, राे. मिलन पाैडेल, मिना जाेशी ले Rotaract Club काे समाजिक कार्यकाे खुलेर प्रशंसा गर्नुभएकाे थियाे र आफुहरूले सहयाेग गर्ने बताउनुभयाे ।

कार्यक्रमकाे समापन ,Rotaract Club Of Parbatका अध्यक्ष सुजन पाैडेल सबैलाई धन्यवाद तथा सहयाेगकाे अपेक्षा सहित सामाजिक कार्यहरू मा अझै तल्लिन रहने बताउनुभयाे । Rotaract District 3292 (Nepal-Bhutan) को आयोजनामा Rotaract Club of Parbat, Baglung, Galkot ले सञ्चालन गरेकाे “10th Late Rtr. Sachin Memorial Blood Donation” रक्तदान कार्यक्रममा Rotaract Club Of Parbat काे अध्यक्ष राे. सुजन पाैडेल र Rotaract club of Baglungकाे अध्यक्ष राे सुस्मिता केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमकाे सञ्चालन Rotaract Club of Parbat का काेषाध्यक्ष राे.दिवाकर अधिकारिले गर्नुभएकाे थियाे ।

Rotract Club Of Parbat का पुर्व अध्यक्षहरू राे मिलन पाैडल, गणेश पाैडेल (2Rg) राेटरि क्लब अफ पर्वतका अध्यक्ष राेटरियन याेगराज गिरी बद्री , Innerwheel club of Parbat कि अध्यक्ष मिना जाेशी , लियाे क्लब गुप्तेश्वर पर्वतका अध्यक्ष गाैरव वि पाैडेल, पर्वत अस्पताका साहायक कम्युटर अपरेटर मीन राज केसी लगायतको उपस्थिति रहेको थियोे । त्यस्तै Rotract Club of Parbat, Baglung , Galkot तथा अन्य महानुभावहरूकाे सहभागिता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here