27.1 C
Kathmandu
Saturday, July 27, 2024

कृषि ज्ञान केन्द्र पर्वतद्वारा खायन आलु उत्पादन प्रवर्द्धन सम्बन्धि कृषक र सरोकारवालाबिच अभिमुखिकरण

पर्वत-कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा खायन आलु उत्पादन र प्रवर्द्धन सम्बन्धि कृषक र सरोकारवालाबिच सोमबार कुश्मामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले कृषि ज्ञान केन्द्रद्वारा आर्थिक बर्ष २०८०/०८१ मा संचालित कार्यक्रम, कार्यक्रम छनोट तथा संचालन प्रक्रिया, भुक्तानीका लागि आवश्यक कागजातहरु,खायन आलु उत्पादन तथा प्रवर्द्धन सम्बन्धि कार्यहरू लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो । २ करोड बजेट रहेको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रमको लागि जिल्लाका ७ वटै स्थानीय तहका ६६ वटा कृषि फर्महरु आवेदन दिएकोमा ६४ वटा कृषि फार्म छनोट गरि काम अगाडि बढेको उहाँले बताउनुभयो । कार्यक्रममा कृषकहरुले बिउ,मल, सिचाइ र बजारका बारेमा भएका समस्याहरुका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल र भक्त कुँवर, जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिक, कृषि विकास निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मी लगायत कृषक तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles