पर्वतको आर्थरमा बृहत रचनावाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

352

निर्मल पौडेल, पर्वत- कुश्मा नगरपालिका- १४ आर्थरको पन्चकोशी माध्यमिक विद्यालयमा बृहत रचनावाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पर्वत साहित्य सङ्गम र पन्चकोशी माविको आयोजना तथा कुनपा १४ को व्यवस्थापनमा कार्यक्रम सोमबार सम्पन्न भएको हो।

बृहत रचनावाचन कार्यक्रममा साहित्यकारहरु डि आर शर्मा,सरस्वती शर्मा जिज्ञासु,गोकुल शर्मा मन्जरी,निर्मल पौडेल एन पी घायल,ध्रुव केसी,राम पौडेल अम्बली र विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आफ्ना उत्कृष्ट गीत,गजल,मुक्त्तक,कविताहरु सुनाएका थिए। सर्जकका सिर्जनाले जीवन जगत र वर्तमान समयको यथार्थतालाई छर्लङ्ग पार्नुका साथै सामाजिक राजनैतिक व्यंग्य ,समाज र राष्ट्रनै उजाड हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका वाड नम्वर-१४ आर्थरका वाड अध्यक्ष तथा पन्चकोशी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रमोहन रिमालले पर्वत साहित्य सङ्गम र स्कुलले गर्ने यस्ता रचनावाचन कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने बताए। पर्वत साहित्य संगमले गर्ने यस्ता कार्यक्रमहरुमा बिद्यालय र वडाको तर्फ बाट सदैव साथ सहयोग रहने बताए। बिधालयको पुस्तकालय लाई विभिन्न लेखकका दर्जनौ पुस्तकहरु हस्तान्तरण गरेकोमा पर्वत साहित्य सङ्गम र माधुरी साहित्य प्रतिष्ठान प्रती धन्यवाद व्यक्त गरे।कार्यक्रममा अतिथि तथा माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासुले विद्यालयमा साहित्यिक कार्यक्रमहरुको आयोजना बेला बेलामा गर्नुपर्नेमा जोड दिँदै पन्चकोशी माबिले जस्तै अन्य विद्यालयले पनि सिको गर्नुपर्ने बताइन्।

यस्तै विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटाले विद्यालयमा पर्वत साहित्य संगमले गरेको कार्यक्रमले विद्यार्थीहरुमा रचनात्मक तथा सिर्जनात्मक क्षमतामा वृद्धि हुने बताए। सापकोटाले विद्यार्थीले यस्ता कार्यक्रम गर्न पर्वत साहित्य सङ्गम सङ्ग सहकार्य गर्दै अगाडि बढ्ने बताए।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा पर्वत साहित्य सङ्गमका अध्यक्ष डि आर शर्माले विधार्थीहरुमा साहित्यप्रती अभिरुचि जागरण गराउने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरेको बताए। बर्तमान समयमा साहित्यप्रति चासो राख्नेहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शर्माले नेपाली भाषा र साहित्यको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए।

पर्वत साहित्य सङ्गमका अध्यक्ष डि आर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संगमका सहसचिव निर्मल पौडेल एन पी घायल र सञ्चालन संस्थाका सचिव गोकुल शर्मा मन्जरीले गरेका थिए। सोही कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विविध विधाका पुरस्कार समेत हस्तान्तरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here