रुकुम पश्चिम- नेकपा एकीकृत (समाजवादी) निकट अनेरास्वबियू रुकुम पश्चिमले आठविसकोट नगरपालिका वार्ड नम्बर १४ मा भुकम्प पीडितका २५ वटा अस्थायी टहरा निर्माण गरिदिएको छ ।अनेरास्वबियू रुकुम पश्चिमका अध्यक्ष रमेश मल्लको नेतृत्वमा अनेरास्ववियूको टिमले उक्त टहरा निर्माण गरिदिएको हो । विगत ३ हप्ताअघि भूकम्प प्रभावित क्षेत्रमा बिद्यार्थी नेताको नेतृत्वमा अनेरास्ववियूका वाड कमिटी जिम्मेवार नेताहरु मिलेर अस्थायी टहरा निर्माण गरिरहेका छन्। गत कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो। चिसोको कारण भूकम्पपीडितहरूको चिसोको कारणले ज्यान जोखिममा रहेको अवस्थामा नेकपा (एकीकृत समाजवादी) निकट बिद्यार्थीहरु प्रभावित क्षेत्रमा पुगेर अस्थायी टहरा निर्माणमा जुटेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । अनेरास्ववियू रूकुमपश्चिमका अध्यक्ष रमेश मल्लका अनुसार १३ जना युवाहरूले आठविसकोट नगरपालिका १४ ज्मामिरकोटमा अस्थायी टहरा निर्माण गरिहेका छन्।

