पर्वत-जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत फलेवास नगर समितिद्धारा आयोजित पार्टी स्कुलिङको उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।खानिगाउँमा आयोजित कार्यक्रममा अन्य दलहरु परित्याग गरि करिब १ सय जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन। देशमा शान्ति,सुशासन,विकास र समृद्धि नेकपा माओवादी केन्द्रले मात्र स्थापित गर्न सक्ने भन्दै अन्य दलहरु परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नवप्रवेशीहरु लाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि हरीराज अधिकारी र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले टिका र फूलमाला लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सर्वाहारा शोषित पीडित जनताको लागि माओवादी पार्टी मात्र भएको बताउनु भयो । अधिकारीले परिवर्तनकारी शक्तिहरु एक हुनुको विकल्प नभएको भन्दै ढिलो चाँडाे सवै न्यायप्रेमी जनताहरु माओवादी केन्द्रमा सामेल हुने जिकिर गर्नुभयो । यस्तै बिशिस्ट अतिथि तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले जनताको सुखदुःखमा माओवादी केन्द्रले साथ सहयोग गर्ने भन्दै पार्टी प्रवेश गर्नेहरु लाई स्वागत गर्नुभयो।गैरेले तीन महिने जनता सङ्ग पार्टी रुपान्तरण अभियानले सिङ्गो पार्टी र जनवर्गीय संगठनहरु मजबुत भएको बताउनु भयो । समापन कार्यक्रममा नेकपा माओवादी केन्द्र फलेवास नगरकमिटी अध्यक्ष तथा फलेवास नगरपालिकाकि उपप्रमुख शोभाकुमारी क्षेत्रीले फलेवासमा माओवादी पार्टी प्रती जनलहर बढेको प्रती खुशी व्यक्त गर्नुभयो। क्षेत्रीले स्थानीय सरकार संचालन सम्बन्धि बोल्नुभएको थियो। स्कुलिङ र कार्यदिशा बारे केन्द्रीय सदस्य तथा प्रमुख अतिथि हरिराज अधिकारीले बोल्नुभयो। सरकारका कामबारे केन्द्रीय सदस्य मधु अधिकारी प्रष्ट पार्नुभयो ।यसैगरी संगठनको बारेमा गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले स्पष्ट पार्नुभएको थियो।
पार्टीको दृष्टिकोण बारे गण्डकी प्रदेशका उपाध्यक्ष गुणाखर बस्याल र सुचना संचार तथा प्रबिधी बारे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका सचीव सुनिल पाण्डेले बोल्नुभएको थियो। कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य प्रेम राना,गङ्गा तिमिल्सिना ,जिल्ला संयोजक मनरुपा सुवेदी बिमला, खेलकुद संघका केन्द्रीय सदस्य हिटलर थापा लगायतको उपस्तिथि रहेको थियो। माओवादी केन्द्र फलेवास नगर कमिटी अध्यक्ष शोभाकुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर कमिटी उपाध्यक्ष कमल भुसाल र संचालन नगर कमिटी सचीव ढाकाराम सुवेदीले गर्नुभएको थियो।
फलेवासमा विभिन्न पार्टी परित्याग गरि १ सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेश

