28.1 C
Kathmandu
Monday, July 15, 2024

जेष्ठ नागरिक दिवसमा फलेवास नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान

पर्वत- जेष्ठ नागरिक दिवसको दिन पर्वतको फलेवास नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। नगरको तेस्रो जेष्ठ नागरिक सम्मान दिवसका अवसरमा जेष्ठ नागरिकका घर घरमै पुगेर सम्मान गरेको हो।

फलेवास नगरभित्रका वडा अभिलेख अनुसार ११ वटा वडाका २४ जना सम्मानित भएका हुन। प्रत्येक वडाका जेष्ठ नागरिक मध्य १ जना महिला र १ जना पुरुष गरी २२ जना र नगरभरिकै जेष्ठ १ महिला र १ पुरुष गरी जम्मा २४ जना सम्मानित भएका नगरपालिकाको कार्यलयले जानकारी दिएको छ।

सम्मानित जेष्ठ नागरिक मध्य नगर भरिकै जेष्ठ नागरिक एक पटकलाई दोहोरिन सक्ने प्रावधान नगरले कार्यक्रममा उल्लेख गरेको छ। यसवर्ष वडा नम्बर १० कुर्घा छागादी कि ९६ वर्षीए भागिरथी शर्मा र वडा नम्बर ११ पाङराङ्का ९६ वर्षीय कर्ण मल्ल नगरकै जेष्ठ नागरिक सम्मानित भएका छन्। शर्मा र मल्ल जनही रु ३ हजार ७ सय ५० रुपैयाँ, सम्मान पत्र, दोसल्ला र फलफूलसहित सम्मानित भए।

नगर प्रमुख तथा नगर उपप्रमुख जेष्ठको सम्मान कार्यक्रम ११ वटै वडामा जनप्रतिनिधिद्वारा गरिएको हो। कार्यक्रममा नगर प्रमुख गङ्गाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षत्री र प्रशासकिय अधिकृत ऋषिराम आचार्य सहितको टोलीले नगरका विभिन्न वडाहरुमा पुगेर फलफुल,दोसल्ला र सम्मानपत्र वितरण गरेका थिए।

कुर्घामा जेष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख गङ्गाधर तिवारीले जेष्ठ नागरिकहरु समाजका धरोहर हुने भन्दै जेष्ठ नागरिक बाँचेमात्र सामाजिक इतिहास ज्यूँदो रहने बताए। तिवारीले उनीहरुको सल्लाह सुझाव र आशिर्वाद लिएर अगाडि बढ्नुपर्ने र कसैले पनि हेयको दृष्टिले नहेरी माया ममता दिनुपर्ने औल्याए।

यस्तै पाङ्गराङमा भएको कार्यक्रममा उपप्रमुख शोभाकुमारी क्षेत्रीले जेष्ठ नागरिक समाज रुपान्तरणका अथक योद्धासँगै ज्ञान र प्रेरणाका श्रोत भएको बताउदै वर्तमान समाज उनीहरुकै योगदानबाट यहाँ सम्म आएको बताइन्। क्षेत्रीले जेष्ठ नागरिकलाई माया,स्नेह र करुणाले राख्नुपर्ने, स्याहारसुसार गर्नुपर्ने अवस्थामा कहिँकतै वृद्धआश्रम लगेर छाड्नेप्रति आक्रोश व्यक्त गरिन्।

जेष्ठ नागरिकहरुको सुस्वास्थ्य दीर्घायुको कामना समेत पालिकाको तर्फबाट गरिएको कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधि,समाजसेवी लगायतको उपस्तिथि रहेको वडा नम्बर ७ लिमिठानाका जनप्रतिनिधि रमाकान्त पौडेलले जानकारी दिए। नगरपालिकाले जेष्ठ नागरिकसँग प्रमुखर उपप्रमुख लक्षित कार्यक्रमहरु थप्दै जाने बताएको छ। गत वर्ष नगरपालिकाले १ सय २ वर्षका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो।

ताजा

Related Articles