19.1 C
Kathmandu
Friday, April 17, 2026

कला,संस्कृती र खेलकुदको विकासमा सवै जुटाैँ : युवा नेता गिरी

निर्मल पौडेल,पर्वत-नेकपा माओवादी केन्द्रका युवा नेता तथा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले कला, संस्कृति र खेलकुदको विकासमा सबै जुट्नुपर्ने बताएका छन् । पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङ स्थित नवप्रतिभाशाली युवा क्लबले आयोजना गरेको पुसे पन्ध्र ल्होसार मेलामा बोल्दै यस्तो बताएका हुन ।  गिरिले स्थानिय कला संस्कृति तथा पर्यटनको प्रबर्द्धन संगै राष्ट्रिय भलिबल खेलको विकास, विस्तार एबम नयाँ प्रतिभावान खेलाडीहरु उत्पादन तथा पहिचान गर्न यस्ता मेला महोत्सवले गहन भुमिका खेल्ने बताए । आँफू पनि खेल प्रेमी भएको भन्दै गिरिले आफू र आफू आवद्ध संस्थाको तर्फबाट क्लब लाई सदैव साथ र आवश्यक सहयोग गर्ने बताए । स्थानीय कला सस्कृती र खेलकुदको विकासमा सकारात्मक रुपमा सवै जुट्न गिरिले आग्रह समेत गरे। कार्यक्रममा माओवादी केन्द्र कुस्मा नगरका उपाध्यक्ष मिनराज केसी अविरल कुश्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेज प्रसाद पाध्य लगायतले मेला सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रममा बिभिन्न राजनैतिक तथा सामाजिक संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधि,सामाजिक तथा बौद्धिक व्याक्तित्वहरु,खेलाडी खेलप्रेमीहरु लगायतको उपस्तिथिती रहेको थियो ।मेलामावडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,नृत्य प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता,रस्सी तान्ने प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता लगायत अन्य प्रतियोगितात्मक कार्यक्रमसंगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साथमा मेला पौष १६ गते सम्म संचालन हुने आयोजकले बताएको छ । दोस्रो दिन मेलाको उद्घाटन र खेलहरुको उद्घाटन प्रमुख अतिथि  गिरिले गरेका थिए । शुक्रबार देखि शुरु भएको मेलाको दोस्रो दिन विभिन्न खेलहरु सङ्गै सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन । कार्यक्रमको सन्चालन पत्रकार दिपेश बि पोख्रेलले गरेका थिए ।

ताजा

Related Articles