28.1 C
Kathmandu
Monday, July 15, 2024

सन्तोष पौडेल स्मृति प्रतिष्ठानको सातौं साधारण सभा सम्पन्न

महेन्द्र जिसी, पर्वत- सन्तोष पौडेल स्मृति प्रतिष्ठानको सातौ साधारण सभा सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका- ११ सिल्मिमा शुक्रबार उक्त साधारण सभा सम्पन्न भएको हो । तत्कालीन रोट्याक्ट कल्वका अध्यक्ष रहेका पौडेलको २०७३ जेठ २८ गते दुर्घटनामा निधन पछि सम्झनामा स्थापना गरीएको प्रतिष्ठानले समाजीक कार्य गर्दै आएको छ । साधारण सभाका प्रमुख अतिथी कुश्मा नगर पालिकाका उप प्रमुख स्वस्थानी रिजाल र प्रतिष्ठानका संरक्षक किशोर पौडेलले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुराम पौडेललाई विद्यूतीय खानेपानी फिल्टरको हस्तान्तरण गरेका हुन । प्रमुख अतिथी रिजालले युवा अवस्थामा समाजीक क्षेत्रमा धेरै काम गरेर पहीचान हुन सफल युवा गुमाउनुको पिडालाई समाजीक क्षेत्रमा लगाउनु महानता रहेको बताउँदै युवा पुस्तामा समाजीक भावनाको विकास गराउने प्रतिष्ठान प्रेररणदायी बनेको बताइन । साधारण सभामा प्रतिष्ठानका अध्यक्ष नारायण पौडेलले प्रतिष्ठानले सातौ वर्ष सम्म गर्दै आएका समाजिक कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजीक सेवामा लाग्दै गर्दा निधन हुन पुगेको भन्दै प्रतिष्ठान मार्फत पौडेलको सम्झनामा समाजीक कार्य गरीरहेको प्रतिष्ठानका कोषध्यक्ष सीता पौडेलले १५ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी हुन । कार्यक्रममा नेपाली काँग्रेसका कृष्ण बहादुर केसी , एमालेका खुम प्रसाद सुवेदी , माओवादीका डिल्ली राम सुवेदी, एकीकृत समाजवादीका धर्मदत्त सुवेदीले पौडेलको सामजीक योगदानको चार्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोटयाक्ट क्लब पर्वतका अध्यक्ष सुजन पौडेलले गरेका हुन ।

ताजा

Related Articles