25.1 C
Kathmandu
Monday, July 22, 2024

महाशिला र फलेवासमा विज्ञान शिक्षक समाजको कार्यसमिति विस्तार

पर्वत-जिल्लाको महाशिला गाउँपालिकामा विज्ञान शिक्षक समाज महाशिला कार्यसमिती गठन भएको छ ।
महेन्द्रज्योति माध्यमिक विद्यालय लुङ्खुमा मङ्गलबार भएको विज्ञान शिक्षकहरूको भेलाले रेशमलाल चपाईँको अध्यक्षतामा कार्यसमिति निर्माण गरेको हो । कार्यसमितिको उपाध्यक्षमा कल्पना रेग्मी, सचिवमा उमाकान्त लम्साल, कोषाध्यक्षमा लेखनाथ अधिकारी, सहसचिवमा राकेस चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्तोस अधिकारी, कुल प्रसाद चपाई, प्रकासराज सापकोटा, भिमलाल निउरे, संगम भुसाल र गोकुल गैरे रहेका छन् ।
समितिको सल्लाहकारमा चेत प्रसाद लामिछानेलाई राखिएको छ । सो अवसरमा सल्लाहकार लामिछानेले कार्यसमितिको कामकारबाही अगाडि बढाउनको लागि पाँच हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका विज्ञान शिक्षक समाज पर्वतका अध्यक्ष प्रोमोद सुवेदीले बताए ।
सुवेदीका अनुसार यसअघि गत पुस २१ गते फलेवास नगरपालिकामा पनि कार्यसमिति विस्तार गरिएको छ । भवानी विद्यापिठ माध्यमिक विद्यालय खानिगाउँमा जिल्ला कार्यसमितिका अध्यक्ष र सचिव सहितको उपस्थितिमा बुद्धिमान थापाको अध्यक्षतामा नगरस्तरीय कार्यसमिति निर्माण गरिएको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र रिजाल, सचिवमा रूद्र बहादुर घर्ती, सहसचिवमा अमरनाथ भुसाल, कोषाध्यक्षमा गोमा सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा सुमन श्रेष्ठ, दिना शर्मा पौडेल, होम नारायण नेवार, विर्ख राज गुरूङ, हरी वस्याल र श्रीराम भुसाल रहेका छन् ।
यसको सल्लाहकार समितिमा भरत शर्मा लम्साल, तुलसीराम तिवारी, वासुदेव गौडेल र झलक शर्मा पौडेल रहेका छन् ।

ताजा

Related Articles