पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ बाघमारामा आगलागीमा परेर ८ वटा बाख्रा मरेका छन् । स्थानीय देउ बहादुर क्षेत्रीका ५ वटा ब्याएका र ३ वटा ब्याउने माउ बाख्रा मरेका हुन् ।
शुक्रबार राती कुडो पकाउने चुलोमा आगो ननिभेको र उक्त आगो गोठमा फैलिएपछी धुवाँले निसास्सिएर ८ वटा बाख्रा मरेको र खोर जलेर नस्ट भएको आगलागी पीडित क्षेत्रीले जानकारी दिनुभयो । अचानक गोठमा लागेको आगोमा परेर बाख्रा मरेपछि आफुलाई ठुलो क्षति पुगेको पीडितको भनाइ छ । बाख्रा र खोर जलेपछी ३ लाख भन्दा बढी नोक्सानी भएको उहाँले बताउनुभयो । आफुले जिविकोपार्जनका लागि पालेका बाख्रा आगोमा परेरे मरेपछि अहिले आफुलाइ ठूलो क्षति पुगेको बताउदै सम्बन्धि निकायसँग सहयोगको अपिल गर्नुभएको छ । आगोमा परि बाख्रा मरेको घटना गाउँपालिकालाई जानकारी गराएको र पालिका अध्यक्षले सहयोगको आश्वासन दिनुभएको क्षेत्रीले बताउनुभयो ।
पालिकाको कार्यविधि अनुसार पीडितलाई सहयोग गरिने महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले बताउनुभयो ।आगलागी घटनामा भएको नोक्सानीबारे प्रहरी मुचुल्का र वडाको सिफारिस लिएर पालिकामा आउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
पर्वतको भोक्सिङमा गोठमा आगो लागेर ८ वटा बाख्रा मरे,३ लाख बढीको क्षति

