12.1 C
Kathmandu
Saturday, February 7, 2026

एफ.एफ कृषि तथा बहुउद्देश्यीय सहकारीको चौथो साधारणसभा सम्पन्न,कृषकहरुलाई सम्मान

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ ज्यामिरे स्थित एफ.एफ कृषि तथा बहुउद्वेश्यीय सहकारी सस्था लिमिटेडको चौथो  साधारण सभा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महाशिल-५ लुंखुका वडा अध्यक्ष चन्द्र बहादुर मल्लले कृषिमा आत्मनिर्भर नभए सम्म आथिर्क विकास नहुने बताउनुभयो । साधारणसभामा आर्थिक बर्ष २०७९/८० आर्थिक प्रतिवेदन र आ.ब २०८०/८१ को निति तथा कार्यक्रम पास गरिएको छ ।
कृषकहरुद्वारा गाउँमा उत्पादित बस्तुहरुको सहकारी मार्फत  वजारीकरण गरिएको वडा सदस्य तथा सहकारी संचालक तिलक जैसिले जानकारी दिनुभयो । फर्सि १ हजार २ सय केजि आलु, ४ सय केजि सुन्तला, १ सय ७० केजि फुर्सेकुविन्डो, २७ केजि खयर, ५ केजि मह,१० केजि काक्रो, ९५ केजि अलैंची र  काउलि वन्दा लगायत कृषि उत्पादन सहकारी मार्फत पोखरा पठाइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य सुर्य बहादुर गुरुङ्ग र तिलक जैसि
सामाज सेवि कृष्ण प्रसाद उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
उक्त कार्यक्रमका अवसरमा कृषि उत्पादन गरि सहकारी मार्फत वाजार पठाउने सदस्यलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समजसेवि  जगन्नाथ पौडेलको स्वागत मन्तव्य र संचालन सचिव सागर थापाले गर्नुभएको थियो ।

ताजा

Related Articles