28.1 C
Kathmandu
Monday, July 15, 2024

भिरबाट लडेर ढाड भाँचिएकी रसिलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण

पर्वत- भिरबाट लडेर ढाड भाँचिएपछि आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर अर्जम घर भई हाल क्रोसियामा रहेका आशिष परियार (झिल्के) र जलजला गाउँपालिका–७ धाइरीङका साजन परियारले सञ्चालन गर्नुभएको आर्थिक संकलन अभियानबाट संकलित ८२ हजार ६ सय ५० रुपैयाँ रसिलाको उपचारका लागि हस्तान्तरण गरिएको हो ।अभियन्ता साजन परियारले उक्त सहयोग रकम गण्डकी अस्पताल पोखरामा पुगेर रसिलालाई हस्तान्तरण गर्नुभएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी रसिला घाँस काट्ने क्रममा भिरबाट लडेर ढाड भाँचिएर थला पर्नुभएको हो ।

रसिलाका श्रीमान पनि बिरामी हुनुहुन्छ । उहाँको भारतमा उपचार भइरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण रसिलाको उपचारमा समस्या भएको छ । गण्डकी अस्पतालमा रसिलाको शल्यक्रिया गर्ने तयारी भएको छ । परियारको उपचारका लागि थप सहयोगको अपिल गरिएको छ ।

ताजा

Related Articles