पर्वत-नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्माले आयोजना गरेको विविध खेलकुद कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यहीँ माघ १२ गतेदेखि कुश्मामा संचालित कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा संचालित प्रौढ भलिबल प्रतियोगितामा आयोजक कुश्मा पर्वत प्रथम हुन सफल भएको छ भने क्याङ पर्वत दित्तिय भएको छ । प्रौढ पुरुष भलिबलमा प्रथम हुनेले नगद ६५ हजार ५ सय ६५ र दृतिय हुनेले ३५ हजार ५ सय ३५ साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिला भलिबल प्रतियोगिता कुश्मा नगरपालिका वडा नं. ४ को टिम प्रथम भएको छ भने टिम लक्ष्मी कुश्माको टिम दित्तिय भएको छ ।महिला भलिबलमा प्रथम हुनेले १५ हजार र दिर्तिय हुनेले १० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भलिबलमा प्रौढ तर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागीता रहेको थियो ।
कार्यक्रम समापनका अवसरमा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशिले संस्थाको कार्यक्रमप्रति प्रसंशा व्यक्त गर्दै नगरको तर्फबाट नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघलाई सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२६ जनवरीको अवसरमा बिगतका बर्षमा जस्तै यो बर्ष पनि ३ दिनसम्म बिबिध खेलकुद कार्यक्रमको आयोजना गरिएको नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्मा नगर समितिका अध्यक्ष गुम बहादुर पुनले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । संस्था निरन्तर सामाजिक कार्यमा क्रियाशिल रहेको अध्यक्ष पुनको भनाइ थियो । कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सहयोगीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा नगर प्रमुख, संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले खेलमा बिजेता टिमलाई पुरस्कार वितरण गर्नुभएको थियोे ।
भलिबल प्रतियोगितामा प्रौढ प्रौढतर्फ आयोजक टिम कुश्माका सन्तोष गुरुङ म्यान अफ द म्याच हुनुभयो भने महिला भलिबलतर्फ कुश्मा-४ कि डमिका पुर्जा म्यान अफ द म्याच बनेर सम्मान प्राप्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियोे ।
नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्मा नगर समितिका अध्यक्ष गुम बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव पृथ बहादुर मगरले गर्नुभएको थियोे ।


