23.1 C
Kathmandu
Sunday, March 15, 2026

जलजला गाउँपालिकाले मकैको बीउ उत्पादनको लागि अनुदान दिने

पर्वतपर्वतको जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बार्षिक स्वीकृत कार्यक्रम अनुसार खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सुचिकृत मकैको उन्नत बीउ वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यो कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी, टोल विकास संस्था, कृषि फर्महरुले सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् माघ २५ गते भित्रमा गाउँपालिकाको कृषि विकास शाखा मिलनचोक वा सम्बन्धित वडा कार्यलयमा रितपुर्वक आबेदन पेश गर्नु भनिएको छ ।

आखन्न बालीको उन्नत बीउ उपायेगमा ५० प्रतिशत मूल्य अनुदान मकै अन्तर्गत यस कार्यक्रममा सहभागी हुन इच्छुकले मनकामना–३ र अरुण–२ जातको मकैको बीउ माग गर्न सक्ने छन् ।

निवदेन दिँदा सम्पर्क नम्बर सहितको मकैको जात र परिमाण खुल्ने विवरण, निवेदकको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि वा नागरिकता प्रतिलिपि, कृषक समुह, कृषि सहकारी, टोल विकास संस्थाको हकमा निर्णय प्रतिलिपि, दर्ता प्रमाणपत्र प्रतिलिपि समावेश गरेको हुनुपर्ने भनिएको छ ।

ताजा

Related Articles