28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतको भवानी विद्यापीठ माविमा माघ १९ गते जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगिता हुने

पर्वतपर्वतको फलेवास नगरपालिका-५,खानिगाउँमा अवस्थित जिल्लाकै पुरानो र नमुना विद्यालय भवानी विद्यापीठ माध्यमिक विद्यालयमा जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगिता संचालन हुने भएको छ ।
विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार माघ १९ गते शुक्रवार जिल्लास्तरीय अन्तर मा.वि (कक्षा ९–१०) विज्ञान-गणित हाजिरीजवाफ प्रतियोगिता संचालन गर्न लागिएको सूचना मार्फत विद्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थिहरु मात्र सहभागी हुने पाउने छन् । प्रतियोगितामा प्रथम, द्धितीय तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई नगद ६ हजार, ४ हजार, २ हजार र एक हजार प्रदान गरिनेछ ।

ताजा

Related Articles