पर्वत -पर्वतको फलेवास नगरपालिका स्थित फलेवास नगर स्तरीय कृषि संजालको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार फलेवास नगरपालिका ५ खानीगाँउमा सम्पन्न अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः बिनोद भुसाल अध्यक्ष चयन हुनुभएको छ । भुसालको संयोजकत्वमा ११ सदस्यि नगर स्तरीय कृषि संजाल समिति गठन भएको छ । उपसंयोजकमा भानुप्रकाश थापा, सचिवमा थानेश्वर भुसाल, सहसचिवमा जीदुर भुषण क्षेत्री, कोषाध्यक्षमा तारा बि.क. चयन हुनुभएको छ भने सदस्यहरुमा मेघराज काफ्ले, कालिराज चपाईं, शिव अधिकारी, गिता कुमारी खनाल, इश्वरी पाण्डे, गंगादेवी शर्मा,वेदांगभक्त पाध्या, कमला श्रेष्ठ चयन हुनुभएको छ ।
त्यसैगरी लक्ष्मीदत्त भुसालको संयोजकत्वमा टुकनाथ शापकोटा र लक्ष्मीकुमारी शर्मा सदस्य रहने गरी सल्लाहाकार समति गठन गरीएको छ भने अर्जुन प्रसाद श्रेष्ठको संयोजकत्वमा माधव प्रसाद गौडेल, नर बहादुर क्षेत्री, ढाकाराम सुवेदी, कृष्ण प्रसाद तिवारी सदस्यहरु रहने गरी प्राविधिक सल्लाहकार समिति गठन गरीएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले संजालले फलेवासको कृषि क्षेत्रलाई सवल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समुहिक कृषिलाई प्राथमिकता दिएर उत्पादन र बजारीकरणमा सहज वातावरण सिर्जना गरी कृषकहरुलाई व्यवसायिक बनाउनमा नगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संजालका अध्यक्ष विनोद भुसालले फलेवासका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरण गर्ने कुरामा जोड दिनुभयो । आफू दिनरात नभनी कृषि कर्ममा लागेको र नगरका कृषकहरूको सहजीकरणका लागि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा भुसालले अघिल्ल्लो कार्यकालमा संजालले गरेका सम्पुर्ण गतिविधि तथा कार्यप्रगतिहरु फोटोको माध्यमबाट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कृषक तारा विकले कृषकहरुको मनोवल बढाउन कृषि सम्बन्धि गित प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा फलेवास नगरभित्रका ११ वटौ वडामा रहेका सक्रिय कृषकहरुको सहभागिता रहेको थियो । उपस्थीत कृषकहरुले कृषि क्षेत्रमा आफुले बटुलेका अनुभवहरु आदानप्रदान गरेका थिए भने कृषि क्षेत्रमा आवश्यक तालिम तथा प्रविधिको बारेमा आश्यक ज्ञान नभएर पनी उत्पादनमा सोचेजस्तो प्रगती हुन नसकेको जस्ता गुनासाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख शा कुमारी क्षेत्री, फलेवास-५,खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, कृषि अधिकृत केदार सापकोटा,विभिन्न सरोकारवला व्यक्तिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
संजालका अध्यक्ष विनोद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कोषध्यक्ष तारा वि.क. र सञ्चालन सल्लाहाकार समिति संयोजक अर्जुन प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।“आधुनिकिकरण, व्यवसायिकरण, यान्त्रिकरण, बजारीकरण गरौं कृषि उत्पादन आयातलाई न्युनिकरण गरौं” भन्ने नाराका साथ वि.सं. २०७७ सालमा उक्त कृषि संजाल स्थापना भएको थियो ।
फलेवास नगर स्तरीय कृषि संजालको अध्यक्षमा पुनः भुसाल चयन

