29.1 C
Kathmandu
Saturday, July 27, 2024

नेकपा (एकीकृत समाजवादी) पर्वतको दशौं पुर्ण बैठक सम्पन्न

पर्वत- नेकपा (एकीकृत समाजवादी) पर्वतको दशौं पुर्ण जिल्ला कमिटी बैठक सनिवार कुश्मामा सम्पन्न भएको छ । बैठकमा पार्टीलाई सशक्त र चलायमान गराउन विभिन्न महत्त्वपूर्ण निर्णयहरु भएको पार्टी जिल्ला सचिव बिराज हमालले जानकारी दिनुभयो । पार्टी संगठन सुदृढीकरण तथा सदस्यता बिस्तार अभियानका लागि पालिका स्तरमा मुल अभियन्ता र सह-अभियन्ता तोकिएको उहाँले बताउनुभयो । त्यस्तै पालिका तथा वडामा बैठक बस्ने, नयाँ सदस्यता बिस्तार गर्ने तथा प्रशिक्षण कार्यक्रम संचालन गरिने निर्णय भएको हमालले बताउनुभयो ।

बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका इन्चार्ज तुल बहादुर गुरुङले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादी समय परिस्थिति अनुसार देश विकासमा लाग्ने सशक्त पार्टी भएको बताउनुभयो । नीति, बिधि र सिद्धान्तमा अडिग भएर जनमुखी कार्य गर्न पार्टी क्रियाशिल भएको बताउदै सबै नेता कार्यकर्ता आफ्नो ठाउँको विकासमा जोड दिने कार्य गर्न आग्रह गर्नुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बरालले आगामी जेठमा हुने पार्टीको राष्ट्रिय महाधिवेशन केन्द्रित कार्यहरू संचालन गर्न जिल्ला कमिटीलाई अनुरोध गर्नुभएको छ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउदै पार्टी सदस्यता विस्तार, वितरण, ननिकरण, पालिका कमिटी, वडा कमिटी, टोल कमिटी, पेशागत कमिटी र जनवर्गीय कमिटी अध्यावधि, गठन तथा पुनर्गठन गर्ने कार्यमा जोड दिनुपर्ने बरालले बताउनुभयो । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले विभिन्न चुनौतीका बाबजुद पनि पार्टी संगठन बिस्तार गर्दै जनमुखि कार्यमा जोड दिएको बताउनुभयो ।नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य तथा पर्वत जिल्ला सह-इन्चार्ज बैकुण्ठ भुसालले सच्चा र निस्वार्थ राजनीतिकर्ताले अविचलित संघर्ष गर्नुपर्ने बताउदै पार्टीले देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । सच्चा र इमानदार नेता कार्यकर्ता क्रमशः एकीकृत समाजवादीमा समाहित हुने उहाँको भनाइ छ ।जिल्ला कमिटी अध्यक्ष ठाकुर शर्मा पौडेलले पालिका तथा वडा स्तरमा गठित कमिटीको अद्यावधिक र कमिटी गठन नभएका ठाउँमा कमिटी निर्माणमा जोड दिएको बताउनुभयो । पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो ।यसैबीच बैठकले जिल्ला कमिटी सदस्यमा गुरुदत्त भुसाल, मुमिना खातुन र मुफ्तार अलीलाई मनोनीत गरिएको छ । त्यस्तै मोहम्मद रहिमदिन र मोहम्मद सलाम एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला सचिव बिराज हमालले गर्नुभएको थियो ।

ताजा

Related Articles