सुमन खड्काको लोक दोहोरी गित “नारेपा” सार्वजनिक

75

पर्वत- लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक भएको छ । ग्रामिण भेगको लाहुरेको कथा समेटिएको उक्त गीत मा स्वयम सुमन खड्का, गायक अनिल चापागाई , कमला सुनार र रोशनि घर्तिले आवाज दिएका छन । होम गुरुङ द्वारा निर्देशन गरिएको नारेपा गीतमा चर्चित मोडल लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ ।
लाइभ दोहोरि कार्यक्रम फेवा चौतारि मार्फत आफ्नो कला डिजिटल दुनियामा प्रस्तुत गरेका खड्काले दर्जनौ गीत मा कलम मसि खर्चिएको भएपनि आफ्नै आवाजमा भने यो तेस्रो गीत हो । गायिका कमला सुनार को पनि यो तेस्रो नै औपचारिक गीत भएको बताउछिन्। आवाजमा माधुर्याता भरिएको कमलाको आवाज ले सुनमा सुगन्ध थपिएको आभाष गराउछ्।
गायक अनिल चापागाइ र गायिका रोशनि घर्तिको भने भने यो पहिलो काम हो । साङ्गितिक क्षेत्रमा नया भएपनि दुबैको आवाजमा खोट लगाउने ठाउ भने छैन । हल्का मुस्कान सहित गाएजस्तो सुनिने अनिलको आवाजले गीतलाई झनै मिठो बनाएको छ । रोधिमा घन्किने रोशनि को आवाज ले सबैलाई छमछमि नचाएको छ ।
लाहुरबाट आएको लाहुरे र गाउबाट सहर झरेकि युवतिको भेट बाट सुरु भएको कथा गाउका ओरालि उकालि को यात्रा हुदै मौलिक शैलिको रोधिमा लगेर टुङ्ग्याएका छन निर्देशक गुरुङले । ‘
काधमा पोको हातैमा गेलिन , बाग्लुङ बजार झरेकि के लिन ‘ ‘
बोकि आए नारेपा जर्किन , नचाखि त पाउदैनौ फर्किन ‘
यस्तै सवालजवाफ ले बुनिएको ‘नारेपा’ गीतमा गेलिन’ , जर्किन’ , काधको पोको जस्ता मौलिक शब्दलाई कलात्मक ढङ्गले पस्तुत गरेका छन सर्जक खड्का ले । चैत २ गते सुमन खड्का को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतले सामाजिक सन्जालमा राम्रै चर्चा बटुलिरहेको छ ।

भिडियो…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here