29.1 C
Kathmandu
Saturday, July 27, 2024

बसन्त बास्तोलाको “कुश्मा पारी बलेवा कैंया” लोक गीत सार्वजनिक (भिडियो सहित)

पर्वत -नव लोक तथा दोहोरी गायक वसन्त बास्तोलाको पहिलो गित “कुश्मा पारी बलेवा कैंया” सार्वजनिक भएको छ । सोमबार कुश्मामा एक कार्यक्रमका बिच उक्त गित बाबा इन्टरटेन्मेट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । शोभा परियार र बसन्त बास्तोलाको स्वर रहेको गितमा स्वयम् बास्तोलाको सब्द र लोक तथा दोहोरी गायक अर्जुन थापाको लय रहेको छ ।
पर्वत र बागलुङका विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको गितको भिडियोमा पछिल्लो समयकी चर्चित डान्सर जुनु एसडी र विशाल बोहराको अभिनय रहेको छ भने भिडियोको सम्पादन कमल मिजार निर्देशन अर्जुन थापाले र नृत्य निर्देशन जुनु एसडिले गरेका हुन ।
मौलिक रुपमा तयार पारीएको गितले दर्शक स्रोताको मन जित्नेमा ढुक्क रहेको नव गायक बास्तोलाले बताए ।
गितको भिडियो…

ताजा

Related Articles