27.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा स्थित सताब्दी घरमा स्वतन्त्रता संवाद कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको कुश्मा बजार स्थित सताब्दी घरमा सनिवार स्वतन्त्रता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
एक्काइसौं शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ? कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ‘शताब्दी घर’मा यिनै विषयमा विमर्श गरिएको हो ।

लेखक/अनुवादक रोहेज खतिवडाको अनुवाद/सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि कार्यक्रममा परिचर्चा गरिएको छ ।

निगरानी र स्वतन्त्रताबीचको दूरी कति छ? सहजकर्ता पत्रकार दीपक सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भएता पनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताउनुभयो।

२१ औँ शताब्दीमा इन्टरनेटको विकासपछि संसारको अर्थ-राजनीति र राजनीतिमा पारेको प्रभावबारे विमर्श गरिएको थियो।

विमर्श कार्यक्रममा कथाकुथुङ्ग्री समूहले युवल नोहा हरारीको निबन्ध ‘एकदिन हामी मृत्युलाई जित्नेछौँ’ वाचन गरेको थियो। कथाकुथुङ्ग्रीमा सारस, भेनिषा र सौरभलगायत छन्।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यस पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोगलगायतका निबन्ध समावेश छन्।

कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले सामाजिक रूपान्तरणका लागि बौद्धिक विमर्शका यस्ता कार्यक्रमआगामी दिनमा पनि गरिरहने बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा कवि देवव्रतको कविता वाचन भएको थियो । आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायत कविताहरू वाचन गर्नुभएको थियोे । कार्यक्रमको संचालन कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले गर्नुभएको थियो ।

 

ताजा

Related Articles