12.1 C
Kathmandu
Saturday, February 7, 2026

माध्यमिक शिक्षा परीक्षा एसइईमा पर्वतबाट २ हजार २८ जना सहभागी

पर्वत- आजबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०८० मा पर्वतबाट २ हजार २८ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा २ हजार २८ जना विद्यार्थीहरू सामेल हुने भएका हुन् । नियमिततर्फ एक हजार ९ सय ४० जना, आंशिक तर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सात वटा स्थानीय तहमा रहेका विभिन्न १७ वटा विद्यालयहरूबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षाका लागि जलजला गाउँपालिकामा दुई वटा, कुश्मा नगरपालिकामा पाँच वटा, मोदी गाउँपालिकामा एक वटा, फलेवास नगरपालिकामा तीन वटा, महाशिला गाउँपालिकामा दुई वटा, पैयूँ गाउँपालिकामा दुई वटा र बिहादी गाउँपालिकामा दुई वटा परीक्षा केन्द्रहरू तोकिएका छन्। जलजलाका विद्याज्योति मा.वि.बाट ९० जनाले, ग्रामप्रकाश मा.वि.बाट ७१ जनाले, कुश्माको हिमालय मा.वि.बाट ९८ जनाले, नारायण मा.वि.बाट एक सय ८३ जनाले, शिवालय मा.वि. (क) बाट दुई ३३ जनाले, शिवालय मा.वि. (ख) बाट एक सय ४८ जनाले, जनता सुदर्शन मा.वि. बाट ७४ जनाले परीक्षा दिँदै छन्।

यस्तै मोदी गाउँपालिकाको नवजागृत क्याम्पसबाट दुई सय ७९ जनाले, फलेवास नगरपालिकाको अन्नपूर्ण मा.वि.बाट एक सय २० जनाले, भवानी विद्यापीठ मा.वि.बाट ६९ जनाले, जनता मा.वि.बाट एक सय १५ जनाले, महाशिला गाउँपालिकाको महेन्द्रज्योति मा.वि.बाट ७४ जनाले, बालारानी मा.वि.बाट ६५ जनाले, पैयूँको जनसेवा संस्कृत मा.वि.बाट एक सय २८ जनाले, निर्मल जनसेवा मा.वि.बाट एक सय चार जनाले तथा बिहादी गाउँपालिकाको वाहाकी मा.वि.बाट एक सय चार जनाले र शालिग्राम मा.वि.बाट एक सय १० जनाले परीक्षा दिन लागेका हुन् ।

प्राविधिकतर्फ बिहादीको बर्राचौरमा रहेको आम्बारी मा.वि.बाट ४० जना, फलेवासको माटेदेवल जनसहयोगी व्यावसायिक मा.वि.बाट २१ जना, मोदी गाउँपालिकाको तिलाहारमा रहेको नवजागृत मा.वि.बाट १३ जना र कुश्मा नगरपालिकाको पकुवामा रहेको विश्वज्योति मा.वि.बाट छ जना प्राविधिक धारतर्फको परीक्षामा सहभागी हुन लागेका छन् । आजबाट सुरु भएको यस वर्षको परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।

ताजा

Related Articles