पन्चेबाजा ‘आइज न काल लिन मलाई’ गीतको भिडियो सार्वजनिक

188

पर्वत-नेपाली मौलिक लोक लयका गीतसंगीतको रचना र गायनमा प्रख्यात प्रल्हाद सुवेदी, बशन्त थापा र आशिष अविरलको सहकार्यमा रहेको पन्चेबाजा गीत `आइज न काल लिन मलाईको´ अफिसियल भिडियो सार्वजनिक भएको छ ।प्रल्हाद सुवेदी र सुनिता बुढा क्षेत्रीको स्वर, प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको लय र अर्जुन थापाको निर्देशनमा उक्त गितको भिडियो प्रल्हाद सुवेदी युट्युव च्यानलबाट आज सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा कलाकार अर्जुन थापाको टिमले काम गरेको छ । पर्वतमा रहेर नेपाली संचार माध्यममा १ दशक बढी सक्रिय थापा अभिनय र गायनमा पनि उत्तिकै क्रियाशिल छन । टेलिसिरियल, डकुमेन्ट्री, साना तथा ठुला दर्जनौं प्रोजेक्टमा काम गरेका अर्जुन थापाले यसपटक पन्चेबाजा गीतमा आफ्नो निर्देशनमा काम गरेका हुन । आफै अभिनय गरेका थापाले कथा यसरी बुनेका छन कि, जोकोहीको ध्यान अडिन्छ ।

यो भिडियोले नेपाली कला संगीत र साहित्यको गुणस्तर र सफलता केवल राजधानी केन्द्रित छ भन्नेको नजरियाको पर्दा उघार्न सहयोग गरेको छ । धौलागिरी क्षेत्रमा कलामा रमाएका कलाकारहरुले सिमित स्रोत र साधनमा तयार गरेको गीत ठुला सहरमा मोटो रकम र प्रविधिमा तयार गरे भन्दा कम देखिदैन । यो जुनकोही मोफसलमा कुदिरहेका कलाकारहरुलाई हौसला समेत हो ।

पर्वत सदरमुकाम कुश्मासंग जोडिएको चुवा गाउँ र आसपासका पर्यटकीय ठाउँमा छायांकन गरिएको गीत हो यो । कमजोरी तेर्साउने आँखाले हेर्दा हजार कम्जोरी होलान् । सकारात्मक नजर डुलाएर हेर्ने हो भने उत्तिकै राम्रा पक्ष र पाटाहरु छन । गीतले राजधानी नपुगेर पनि कला गलालाई संसार पुराउन चहाने संघर्षरत कलाकारहरुलाई उत्प्रेरित गर्छ नै राजधानी र स्थानीय भन्ने घेरा समेत तोडेको छ ।

भिडियोमा यसु भट्टराईले थापालाई लिड भुमिकामा साथ दिएकी छन । त्यो बाहेक गितमा महेस सुवेदी, पुजा कार्की, शालिग्राम विश्वकर्मा, देवी सुनाम, लगायत थुप्रै कलाकार र गाउँलेहरुको भुमिका देख्न सकिन्छ । भिडियोको छांयाकान कमल एलएक्सले गरेका छन, सम्पादन पनि कमलकै रहेको छ ।

प्रल्हाद सुवेदी र सुनिता बुढाक्षेत्रीको गायन रहेको गीतमा लोकप्रिय कलाकार बशन्त थापा र संगीत संयोजन आशिष अविरलको रहेको छ । नेपाली गीतसंगीत जगतमा एउटा छुट्टै फ्रेम बनाएका यी सर्जकहरुको सहकार्यमा बनेको गीतमा एउटा हृदय जोडीका प्रेमीहरुको वियोगान्त कथा छ ।

भिडियोलाई लिएर प्रल्हाद सुवेदी उत्साहीत छन । उनी भन्छन् `शव्द लेख्नेबेला जस्तो दृश्य सोचेको थिए त्यस्तै भिडियो तयार भएको छ ।बाँकी दर्शक श्रोताको विचमा छाडेका छौँ ।´

अडियोलाई न्याय गर्ने गरी भिडियोमा अभिनयलाई जोड दिएको निर्देशक थापाले बताए ।

भिडियो…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here