29.1 C
Kathmandu
Saturday, July 27, 2024

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्वारा कुश्मामा समुह गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पर्वत-इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड कुश्मा शाखाको आयोजनामा समुह गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संस्थाका समुह प्रमुख तथा सदस्यहरुलाई सोमबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिइएको हो ।
उक्त कार्यक्रममा संस्थाका पोखरा अनुगमन अधिकृत अमृत लामिछानेले संस्थाको संरचना, दृष्टिकोण, प्रगति, संञ्चालन प्रक्रिया, बचत तथा कर्जा, इन्फिनिटी डिजिटल बैंकिङ, मिस्कल बैंकिङ, कर्जाको फाइदा र बेफाइदाका बारेमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै कर्जा सूचना केन्द्र र कालो सुचिको बारेमा समेत वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिदै कर्जाको सहि सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
संस्थाका ६० वटा समुह मध्ये ३ वटा समुहलाई बार्षिक मुल्याङकनको आधारमा पुरुस्कार वितरण गरिएको र उत्कृष्ट व्यवसायी कमला शर्मालाई सम्मान गरिएको अनुगमन अधिकृत लामिछानेले जानकारी दिनुभएको छ ।
देशभर कार्यक्षेत्र रहेको यस संस्थामा ७ सय ८० जना सदस्य रहेका छन् । संस्थाको ७ करोड ३० लाख १२ हजार लगानी रहेकोमा ५ करोड ९८ लाख ५१ हजार ८ सय ८८ ऋण असुली गरेको र १ सय १७ जमा ऋणदाता रहेको उहाँको भनाई छ ।
कुश्मा शाखा प्रवन्धक रिमा कुमारी थापा मगरले  शाखाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार लक्ष्मण विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अनुगमन अधिकृत अमृत लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विन्दु सुवेदीको अध्यक्षता, संस्थाका कर्मचारी दिपा थापा मगरको स्वागत मन्तव्य र कार्यक्रमको संचालन शाखा प्रबन्धक रिमा कुमारी थापा मगरले गर्नुभएको थियो ।

ताजा

Related Articles