कुश्मा स्थित सहनशिल महिला विकास सहकारीद्वारा मैनबत्ति बनाउने तालिम सम्पन्न

23

महेन्द्र जिसी,पर्वत
पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ मा रहेको सहनशिल महिला विकास सहकारी संस्थाले दुई दिने मैनबक्ती बनाउने तालिम सम्पन्न गरेको छ । महिलाहरुले मात्रै सञ्चालन गरिरहेको सहकारीले सहकारीमा आबद्ध सदस्यहरुको माग अनुसार यहीँ जेष्ठ १३ र १४ गते तालिम सञ्चालन गरेको हो । सदरमुकाम कुश्मा बजारमै सहकारी रहेको हुँदा तालिममा सहभागी सदस्यले उत्पादन गरेको मैनबत्ति बिक्रीका लागि बजारको समस्या नरहेको र सदस्यहरुको माग अनुसार तालिम संचालन गरिएको सहकारीका अध्यक्ष कलावती गिरिले बताउनुभयो ।
४ सय जना शेयर सदस्य रहको सहकारीले माग गर्ने सहस्यको वल्क बनाएर तालिम दिएको हो । फरक फरक वल्क बनाएर माग अनुसारको तालिम दिने कार्यपालिकाको निर्णय अनुसार तालिम दिएको वडा कार्यलयले जनाएको छ । तालिम लिएका महिलाहरुले व्यवसाय सञ्चालन गर्न समेत सहयोग गरिने वडा अध्यक्ष परशुराम पुरीले बताउनुभयो । महिलाहरु मात्रै शेयर र सञ्चालक रहेको सहकारी कुश्मामा एउटा मात्रै रहेका कारण महीलाहरुले घरैमा बसेर समेत उद्योम गर्न सक्ने खालको तालिम सञ्चालन गरेको पुरिले बताउनुभयो ।
तालिमले आफुहरुलाई आर्थिक उपर्जन गर्न सजिलो हुने सहभागिहरुले बताएका छन । सहरकारीम आबद्ध ५० जना सदस्यहरुले किराना पसल सञ्चालन गरीरहेको र सदस्यहरुले बनाएका मैन बत्ती विक्रि वितरणमा समेत सबैको सहकार्य हुने र उद्योमी बन्न तालिमलले हौसला दिएको तालिमका सहभागी सन्तु गिरीले बताउनुभयो ।

सहकारीले सहकारीमा आबद्ध ४८ जना सदस्यहरुलाई मैनबक्ती बनाउने तालिम दिइएको हो । कुश्मा नगरपालिका वडा नं.७ र कुश्मा नगरपालिकाको १ लाख १० हजार सहयोगमा तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here