27.1 C
Kathmandu
Saturday, July 27, 2024

स्काउटलाई राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन भन्दै युवाहरुले बुझाए ध्यानाकर्षण पत्र

पोखरा-नेपाल स्काउटमा चरम  राजनीतिकरण हुदै गैरहेको विषयका सम्बन्धमा गण्डकी प्रदेशका युवाहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी , आयुक्तहरुमा बिभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमा समेत सकृय रहेको कुरा प्रष्ट देखिएको भन्दै , गण्डकी प्रदेशका युवाहरूले नेपाल स्काउट प्रमुख आयुक्त महेन्द्र राज रन्जितलाई सम्बोधन गर्दै  नेपाल स्काउट रास्ट्रिय परिषद सदस्य शिव बहादुर भण्डारी मार्फत  युवाहरूले ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धी व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरि राजनैतिक गतिविधिमा  संलग्न नरहेको स्वघोषणा गर्नु पर्ने व्यवस्था रहेको छ।प्रचलित ऐन  कार्यनयन गराउन , मिति २०८१ साल बैशाख ३१ गते युवा तथा खेलकुद मन्त्रालय द्वारा प्रकाशित विज्ञप्ती लाई आधार मानी ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

ताजा

Related Articles