18.1 C
Kathmandu
Wednesday, April 15, 2026

लायन्स क्लब अफ पर्वत सारथीद्वारा मोती पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण

पर्वत-लायन्स क्लब अफ पर्वत सारथीले पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
सनिवार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष अनिता सापकोटा र पदाधिकारीहरुले पुस्तकालयका संस्थापक अध्यक्ष तथा संचालन समिति अध्यक्षलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।
शैक्षिक तथा सामाजिक जागरणमा सक्रिय जिल्लाकै पुरानो पुस्तकालयमा प्रविधिमा सहजता होस् भन्ने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अनिता सापकोटाले बताउनुभयो । लायन्स क्लब अफ पर्वत साराथीले सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको उहाँले बताउनुभयो ।
पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्दै लायन्स क्लब अफ पर्वत साराथीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, लायन्स क्लब अफ पर्वत साराथीका प्रथम उपाध्यक्ष लिला दवाडी, सचिव शान्ति श्रेष्ठ, अनिता परियार, पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेल, लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटा, पुस्तकालय संचालन समितिका सदस्यहरु, रिड नेपाल ट्याग परियोजना संयोजक भाग्यश्री बिष्ट, मोती सामुदायिक पुस्तकालय ट्याग परियोजना कोडिनेटर रमा सुवेदी, ट्याग गर्लसहरु,अभिभावक, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियोे ।

ताजा

Related Articles