पर्वत -नेपाल कम्युनिस्ट पार्टी एमालेको शुभेच्छुक सस्था पर्वत-काठमाडौं सम्पर्क मन्च कुश्मा नगर कमिटिको इन्चार्जमा नारायण सुवेदी चयन हुनुभएको छ। एक विशेष समारोहका बिच हालै काठमान्डौमा भएको भेलाले इन्चार्जमा सुवेदीलाई चयन गरेको हो ।
कायक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका नेकपा एमालेका सम्पर्क सम्पर्क समन्बय सचिबालय सदस्य श्रीकान्त बरालले यसरी जिल्ला एबम पालिका स्तरीय सम्पर्क कमिटिलाइ बिस्तार गर्दा नेकपा एमाले अझै मज्बुत हुने भन्दै पार्टीप्रति दत्तचित भएर लाग्न सबै कार्यकर्तालाइ आह्वान गर्नु भएको थियो । कार्यक्रममा सम्पर्क समन्बय समिती सदस्य भोला पौडेल, प्रदेश संयोजक राजेन्द्र आचर्य, प्रदेश उपाध्यक्ष पदम गिरि, काठमाडौं- १६ कि महिला सदस्य सारदा सुवेदी , प्रदेश कमिटी उप सचिब कमला शर्मा लामिछाने, सदस्यहरु युबराज काफ्ले, समुन्द्र तिमिल्सिना, शिला के सि , पर्बत काठमान्डौ सम्पर्क मन्चका अध्यक्ष भरत पौडेल लगायतले आ-आफनो धारणा राख्नु भएको थियो ।
कायक्रममा १४ सदस्यीय पालिका संयोजक मन्च पनि गठन गरिएको छ । जसको अध्यक्षमा शम्भु रेग्मी रहनु भएको छ भने उपाध्यक्षमा कमला कुमारी शर्मा रहनु भएको छ । त्यसैगरी सचिबमा बिदुर सुवेदी, सह-सचिबमा ममता पौडेल, कोषाध्यक्षमा देबि कुमारि शर्मा, सदस्यहरुमा उर्मिला सुवेदी पौडेल सहित कुश्मा नगरपालिकाका वडा न १ देखि १४ वडा सम्मका व्यक्तिहरुलाई समेट्ने गरि थप बिस्तार गरिने बताइएको छ ।
कार्यक्रम खगराज चपाइको अध्यक्षयता, महिला उपाध्यक्ष इन्दिरा कुमारी शर्माको स्वागत मन्तव्य र सचिब बिदुर सुवेदीको सन्चालनमा सम्पन्न भएको हो । इन्चार्ज सुवेदीले एकता नै बल भएकाले सबै जना एक भै लाग्नु पर्ने बताउनु भएको छ ।
पर्वत-काठमाडौं सम्पर्क मन्च कुश्माको इन्चार्जमा सुवेदी चयन

