26.1 C
Kathmandu
Monday, April 20, 2026

महाशिलामा समावेशी युवा क्लबद्वारा आयोजित दशैं तिहार मेला सुरु

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुँखुदेउराली आहालेमा दशैँ-तिहार मेला सुरु भएको छ । स्थानीय समावेशी युवा क्लबले आयोजना गरेको उक्त मेला मंगलबारदेखि सुरु भएको हो । प्रमुख अतिथि महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा बिकले मेलाको उद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा बोल्दै बिकले स्थानीय कला, संस्कृति र खेलकुदको विकास र प्रबर्द्धनका लागि क्लबले आयोजना गरेको मेलाले मद्दत पुर्‍याउने बताइन् । चाडपर्वको समयमा आयोजना गरिएको कार्यक्रमले सबैमा स्नेह, हार्दिकता, आत्मीयता र एकता बढाउने बताइन् ।
उद्घाटन कार्यक्रममा महाशिला-५, लुखुंदेउरालीका संस्थापक वडा अध्यक्ष जीवन उचै ठकुरी,समाजसेवी सुपनारायण अधिकारी, शिक्षक बेल बहादुर परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
मेलामा १ लाख पुरस्कार राशीको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
भलिबल प्रतियोगिता वडा स्तरीय रहने तर दुई खेलाडी देशका जुनसुकै ठाउँबाट पनि समावेश गर्न सकिने आयोजकले जनाएको छ । उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै महाशिला-६, फलामखानी स्थित प्रगतिशिल युवा क्लबले पहिलो जीत दर्ता गरेको छ । खेलमा १५ टिमभन्दा बढीको सहभागीता रहने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख, द्धितिय हुने समुहले ५० हजार र तृतिय हुने समुहले २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगितामा, उत्कृष्ट खेलाडी,स्पाइकर,ब्लकर, डिफेन्डर,सेटर र उदयमान खेलाडीलाई सम्मान गरिने आयोजकले बताएको छ । मेलामा कृषि प्रदर्शनी, स्थानिय समुदायको कला संस्कृति, भजन प्रस्तुती लगायतका कार्यक्रम रहने क्लबका अध्यक्ष सागर वि.कले बताए ।
साथै एकल नृत्य, महिलाहरुका लागि टपरी बुन्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । मेलामा हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष सागर बिकको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रमको संचालन मेला व्यवस्थापक तथा पत्रकार दिपेश बि पोख्रेलले गरेका थिए । यहीँ असोज २९ देखि सुरु भएको कार्यक्रम कार्तिक ३ गतेसम्म संचालन हुनेछ ।

ताजा

Related Articles