निर्मल पौडेल, पर्वत
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सुदिप कुवँरले विद्यार्थी आन्दोलन बाट नै देश र जनताले चाहेको जस्तो नेता जन्मन सक्ने बताएका छन। अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विधार्थी युनियन ( क्रान्तिकारी) पर्वतको प्रथम बैठक लाई सम्बोधन गर्दै कुवँरले यस्तो बताएका हुन। नेकपा माओवादी केन्द्र पर्वतको पार्टी कार्यलय लभ्लीडाँडामा आयोजित बैठक लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कुवँरले विद्यार्थी आन्दोलनले मुलुक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै देशमा व्यवहारिक र बैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने बताए। अबको शिक्षा पढ्दै कमाउँदै हुनुपर्ने भन्दै कुवँरले बुर्जुवा कोरा सैद्धान्तिक ज्ञानले मात्र सिकारु पुर्ण नहुने बताए। कुवँरले दलाल नोकरहरु र भ्रष्टचारीहरुका विरुद्ध जेहाद छेड्दै सुशासन कायम गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नमा अखिल क्रान्तिकारीहरु एकजुट भएर लाग्नुपर्ने बताए । देशमा समाबेशीता संघियता,महिला ,अल्पसंङ्ख्यक जनजाती, मधेसी ,मुस्लिम लगातका पिछडीएका वर्ग र समुदायका अधिकारहरु खास्ने खेलमा केही तत्वहरु लागिपरेकोमा आक्रोश व्यक्त गर्दै जनताका अधिकार कसैले खोस्न नसक्नेमा कुवँरले जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्र पर्वतका पुर्व जिल्ला संयाेजक केशव कुवँर सिर्जनसिलले विधार्थीहरुका हकहित संगै निशुल्क शिक्षाको व्यवहारीक कार्यान्वयनका लागि दृढतापुर्वक शसक्त रुपमा लाग्नुपर्ने बताए।
यस्तै अतिथी अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव विजयप्रकाश सापकोटाले देशमा रहेका शैक्षिक संस्थाहरु बेरोजगार युवाहरु उत्पादन गर्ने भट्टी जस्तै भईरहेको परिपेक्षमा जनमुखी प्राविधिक तथा व्यवहारीक शिक्षा नीति स्थापना गर्न अखिल क्रान्तिकारी जुनसुकै मुल्य चुकाउन पछी नपर्ने बताए ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेशका अध्यक्ष त्रिदेव गुरुङ्गले शैक्षिक क्षेत्रमा देखिएका विकृती बिसङ्गतिका विरुद्धमा अखिल क्रान्तिकारी स्थापना काल देखि लडिरहेको बताउँदै परिवर्तनकारी विद्यार्थीहरु क्रान्तिकारीको लाल झन्डामा गोलबन्द भएर लाग्नुपर्नेमा जोड दिए।
यस्तै नेकपा माओवादी केन्द्र पर्वत काठमाण्डाै सम्पर्क मंचका अध्यक्ष अशोक पौडेलले देशको पछिल्लो राजनैतिक व्यवस्था, संघियता लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्ध र आन्दोलनको जगबाट स्थापित भएकोमा दुइमत नरहेको भन्दै अखिल क्रान्तिकारीको आन्दोलन लाई जुनसुकै बेला साथ र सहयोग गर्न तयार भएको जिकिर गरे।
बैठकमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष निर्मल पौडेलले विगतका दिनहरुमा बन्दुक र गोली बोकेर स्थापना भएको रक्तरञ्जित अखिल क्रान्तिकारीको संगठन र यसले हाँसिल गरेको उपलब्धि लाई सदैव रक्षा गर्दै परिवर्तनको बाटोमा अग्रसर हुन सवै विधार्थी हरुलाई आग्रह गरे ।
बैठकमा अखिल क्रान्तिकारी पर्वतका नि वर्तमान अध्यक्ष साजन परियार लगायतका नेताहरुले विधार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गरिरहेको जिकिर गरे । यस्तै एक परिवार एक अखिल क्रान्तिकारी भन्नेमा विधार्थी नेताहरुले जोड दिएका थिए । उनीहरुले अखिल क्रान्तिकारीकै वलिदानी बाट संविधानमा विभिन्न शैक्षिक मुद्दा र अधिकारहरु स्थापित गरेको उल्लेख गरेका थिए ।
बैठकले आफ्नो कमिटी लाई पुर्णता समेत दिएको छ। संगठनको रिक्त सह सचीवमा रन्जिता विश्वकर्मा र सदस्यमा अमन परियार लाई मनोनीत गरि कमिटी लाई ३१ सदस्यीय बनाइएको छ। क्रान्तिकारीले शुभ दिपावलीको अवसरमा सदरमुकाम कुस्मा लगायत जिल्लाका विभिन्न स्थानहरुमा आफ्नो सांस्कृतिक कार्यक्रम सङ्गै देउसी भैलो खेल्ने निर्णय गर्दै विभिन्न कार्यभार समेत तोकेको छ। बैठकमा अखिल क्रान्तिकारीका नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ्ग र पर्वत काठमाण्डाै सम्पर्क मन्चका अध्यक्ष अशोक पौडेल लाई बधाई तथा सम्मान गरिएको थियो।
अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष सन्तोष चापागाईंको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव सन्दिप बस्यालले गरेका थिए ।
विद्यार्थी आन्दोलनबाट नै देश र जनताले चाहेको नेता जन्मनुपर्छ- नेता कुँवर

