पर्वत- हरिबोधनी एकादशीको अवसरमा बौद्ध युवा क्लब महाशिला गाउँपालिका-५ दुक्तानले आयोजना गरेको दिपक स्मृति कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८१ को उपाधी समावेशी युवा क्लब महाशिला ५ लंखु आहालेले हात पारेको छ ।
कार्तिक २५ गते देखि २८ गते सम्म भएको प्रतियोगितामा १२ टिमलाई पछि पार्दै समावेशी युवा क्लब बिजयी भएको हो ।
खाल्टे युवा क्लबलाई फाइनलमा २-० ले पराजित गर्दै समावेशी युवा क्लब लुंखु आहालेले ७५ हजार रुपैया हात पारेको छ ।

भने खाल्टे युवा क्लबले द्वितीय स्थानमा चित्त बुझाउदैँ ४० हजार प्राप्त गरेको छ । प्रतियोगितामा उपबिजेता आयोजक दुक्तान र नव बिकास युवा क्लब भगराले समान १०-१० हजार प्राप्त गरेका छन ।

