19.1 C
Kathmandu
Friday, May 1, 2026

पर्वतमा बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव सुरु

पर्वत-जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब मंगलबारबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन् । मन्त्री थापाले खेलकुद विकासकालागि महोत्सवले टेवा पुर्याउने बताएका छन् ।

महोत्सवका मुल संयोजक हर्कमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, गण्डकी प्रदेश सभासद् भक्त कुवर नेपाली कांग्रेस पर्वतका उपसभापती डा चुडामणी शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा माओवादी केन्द्रका उमाकान्त भुर्तेल राप्रपाका प्रभु गुरुङ्ग, जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विक, उद्योग बाणिज्य संघका पर्वतका अध्यक्ष ठाकुर वि पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन चर्चीत गायक तथा पत्रकार कृष्ण अखेलीले गरेका थिए।

महोत्सवको उद्घाटन सत्रमा झाकी सहितको र्यालीले महोत्सव स्थलबाट सुरु भई बजार परिक्रमा गरेको थियो । झाकीमा सहभागी क्लब, समूह,सांस्कृतिक,धार्मिक तथा शैक्षिक संघ संस्था,सरकारी तथा गैह्ररसरकारी कार्यालयहरू, सम्पूर्ण सुरक्षा निकाय, उद्योगी ब्याबसायी लगायत पर्वत जिल्लामा सक्रिय सम्पूर्ण संघ संस्था र आम जनसमुदायहरूलाई आफनो पहिचान झल्कने भेषभूषा सहित सहभागिता रहेको थियो ।

खेलकुद महोत्सबमा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगिता,गण्डकी प्रदेश स्तरीय महिला र पुरुष तेक्वान्दो प्रतियोगिता ,१५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र,छात्रा कबड्डी प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता पुरुष तर्फ, पर्वत जिल्ला स्तरीय कराँते प्रतीयोगिता, खुल्ला रत्यौली गीत प्रतियोगिता,भजन प्रतियोगिता पर्वत डान्स आईडल प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समिति सदस्य राजन गुरुङले जानकारी दिएका छन् ।

महोत्सवमा कुल रकम १ करोड आम्दानी सकंलन गर्ने उद्देश्य राखिएको छ भने लगभग ८५ लाख बराबरको खर्च हुने आयोजकले जनाएको छ । महोत्सवमा बचत भवन बनाउन प्रयोग गरिने छ । महोत्सव हेर्न आउने बाल बालिका तथा बृद्दलाई निशुल्क प्रवेश दिईने छ । टिकेट शुल्क १०० रहेको छ भने मुख्य कलाकार आएको बखतमा २०० र बिद्यार्थीलाई ७० लाग्ने आयोजकले जनाएको छ । माघ २५ गते सम्म हुने महोत्सवमा कलाकार दुर्गेश थापा, प्रकाश दुतराज, खेमसेन्चुरी, प्रीति आले, श्याम राना, र्यापर टुकी तथा अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार संयोजक गोबिन्द रिजाल जानाकारी दिएका छन् ।

ताजा

Related Articles