24.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत उद्योग वाणिज्य संघ र पत्रकार महासंघबीचको मैत्रीपुर्ण फुटबलमा पत्रकारको टिम विजयी

पर्वत-पर्वत उद्योग वाणिज्य संघको ४२ औँ साधारणसभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ पर्वतले हात पारेको छ ।

पर्वत उद्योग बाणिज्य संघ र पत्रकार महासंघबीच भएको प्रतियोगितामा पर्वत उद्योग वाणिज्य संघलाई ३–० गोलले हराउदै नेपाल पत्रकार महासंघ पर्वतले उपाधि हात परेको हो ।

महासंघको तर्फ बाट ३ वटा गोलनै गंगा गुरुङले गर्नुभएको थियो । निकै रोमाञ्चक खेलमा पहिलो हापको अन्त्य तिर गंगा गुरुङले गोल गर्दै महासंघको टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हापमा पनि लगातार २ गोल गदै गुरुङ्गले गोल गरे । पत्रकार महासंघका अधिकांस गोल गर्ने प्रयास गोलरक्षक अनिश कर्मचार्यले विफल पारेका थिए ।

यस अघि मैत्रीपुर्ण फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन महासचिब खड्गप्रसाद खनाल र धन्यवाद मन्तब्य बरिष्ठ उपाध्यक्ष कमल जिसीले व्यक्त गरेका थिए ।

संघले साधारण सभा तीन दिनसम्म मनाउने भएको छ । आइतवार गुप्तेश्वर पाठशालामा सरसफाई तथा सामाग्री वितरण तथा सोमवार मुल समारोह हुने भएको छ ।

ताजा

Related Articles