पर्वत-नेपाल प्रेस युनियनको सय दिने सदस्यता अभियान शुभारम्भ अन्तर्गत नेपाल प्रेस युनियन पर्वत शाखाले नयाँ सदस्यहरूलाई प्रेस युनियनको सदस्यता दिएको छ ।बिहीबार नेपाल प्रेस युनियन पर्वत शाखाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सदस्यता दिएको हो । कार्यक्रममा युनियनका केन्दिय अध्यक्ष शिव लम्सालले सदस्यता प्रदान गरेको हो । हिमालय दैनिक अनलाइनका सुरेश हमाल, रेडियो शालिग्राममा कार्यरत अस्मिता गौतम, गङ्गा शर्मा, पवित्रा आचार्य र लाल्टिन मिडियामा कार्यरत सुस्मिता क्षेत्रीलाई प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले सदस्यता प्रदान गरेका हुन ।
आज देखि नेपाल प्रेस युनियन पर्वत शाखाको सदस्य लिन चाहने सञ्चारकर्मीहरूका लागि सदस्यता खुल्ला गरिएको पर्वत शाखाका अध्यक्ष उत्तम प्रसाद अधिकारीले बताए । उनले सय दिनसम्म सदस्यता खुल्ला रहने पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले प्रेस युनियनलाई श्रमजीवी पत्रकारहरूको बलियो सङ्गठन बनाउनका लागि यो अभियान सञ्चालन गरिएको बताए । पत्रकारितालाई पेसा बनाएकालाई मात्र प्रेस युनियनमा आबद्ध गराउन जिल्ला शाखालाई आग्रह गरे । उनले सङ्गठनलाई विशुद्ध श्रमजीवी पत्रकारको सङ्गठन बनाउन र पत्रकार र पत्रकारिताको विकासमा लगाउन लागि यो अभियान अघि बढाएको बताए ।
अध्यक्ष लम्सालले अहिले डिजिटल सञ्चार माध्यमहरू स्थानीय अधिकारीले दर्ता गर्ने भनेर आएकोमा आफूहरूको असहमति भएको बताउँदै यसलाई सच्याउनुपर्ने बताए । राज्यले ल्याउने मिडिया काउन्सिल विध्येका, सामाजिक सञ्जाल विध्येकमा पत्रकारहरूबिच छलफल नगरी ल्याइएमा आफूहरूले नमान्ने र त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति डाक्टर चुडामणी शर्मा, नेपाल प्रेस युनियनकी केन्दि«य सदस्य माया अधिकारी, प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टङ्कराज अधिकारी, नेपाल पत्रकार महासङ्घ पर्वतकी उपाध्यक्ष सङ्गीता केसी, प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश बि पोखरेल, समाजवादी प्रेस सङ्गठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा लगायतले बोलेका थिए ।
नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु गौतम र सञ्चालन सचिव सुमन जङ्ग थापाले गरेका थिए ।
नेपाल प्रेस युनियन पर्वतद्वारा सदस्यता अभियान सुरु

