16.1 C
Kathmandu
Friday, November 7, 2025

समाजसेवी घतानद्वारा ढोरपाटनका असहाय परिवारलाई आर्थिक सहयोग

पर्वत-पर्वतको कुश्मा नगरपालिका -१ पाङ घर भै हाल रोजगारीको सिलसिलामा पोर्चुगलमा रहनुभएका सुरेश घतानले एक असहाय परिवारलाई १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका-८ बोबाङका सुवास बिकको परिवारलाई उहाँले उक्त रकम सहयोग गर्नुभएको हो ।
बिक नशा सम्बन्धि रोगबाट पीडित हुनुहुन्छ । सामाजिक संजालबाट सुवासको दयनीय अवस्था देखेपछि दशैको बेला राहत होस भन्ने हेतुले यहीँ असोज १५ गते नवमीको दिन सहयोग गरेको उहाँको भनाइ छ ।

सेवा नै मानवीय धर्म भएको उल्लेख गर्दै आफ्नो कमाइको केही प्रतिशत दिनदुखी, रोगी र समस्यामा परेकालाई सहयोग गर्ने गरेको सहयोगी सुरेश घतानले बताउनुभयो । उहाँले भन्नुभयो “हामी केहि काम गर्न सक्नेले अशक्त, असहाय र समस्या परेकालाई मानवीय हिसाब सहयोग गर्नुपर्छ, मैले आफुले सक्दो सहयोग गर्दै आएको छु, पिडामा मलम लगाउने, सहयोग गर्ने मेरो बानी परिसक्यो।” आफू परदेशमा भएपनि देशप्रतिको माया मनमा रहेको बताउदै कमाएको केही अंश आफ्नो गाउँठाउँमा रहेका असहाय र दुखी पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको घतानको भनाइ छ । आगामी दिनहरुमा पनि विपन्न, असहाय तथा अशक्तको सेवामा समर्पित रहने उहाँले बताउनुभएको छ । पछिल्लो समय समाजसेवी घतानले आर्थिक अभावमा उपचारमा समस्या भएका गरिब र विपन्न दर्जनौं व्यक्तिहरुलाई आर्थिक सहयोग गरिसक्नुभएको छ ।

ताजा

Related Articles