15.1 C
Kathmandu
Thursday, April 30, 2026

हङकङ सिक्सेस: नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौ-हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ।

कप फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो।

नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो।

नेपालका रसिद खानले ३ विकेट लिँदा  बसिर अहमदले २ तथा रूपेस सिंहले १ विकेट लिएको हो।

रसिद खानले एकै ओभरमा तीन विकेट लिँदै भारतलाई अल आउट गरेका थिए।

रसिद खानले अफगानिस्तानविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए।

भारतका लागि भरत चिपली र प्रियंक पञ्चलले १२/१२ रन बनाए। कप्तान दिनेश कार्थिक र शहबाज नदीमले ७/७ रन बनाए । स्टुअर्ट बिनी शून्यमा आउट भए।

ताजा

Related Articles