26.1 C
Kathmandu
Saturday, April 18, 2026

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा खानीगाउँमा सरसफाइ सहित प्रभातफेरी

२४ मंसिर २०८२, पर्वत- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँमा एक दिने सचेतना तथा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । मोती सामुदायिक पुस्तकालयको आयोजना, पुस्तकालयमा संचालित ट्याग परियोजना र मोती सामुदायिक सिकाई केन्दको सहआयोजना तथा फलेवास नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो । महिला तथा बालबालिकामाथि हुने हिंसा रोकथामका लागि चेतनात्मक तथा रचनात्मक कार्यक्रमको रुपमा प्रभातफेरी कार्यक्रम गरिएको ट्याग परियोजना कोर्डिनेटर रमा भुसाल पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालय प्राङ्गण तथा भवन पोखरा पार्कको सरसफाइ गरिएको छ । कार्यक्रममा सहभागी ट्याग परियोजनाका किशोरकिशोरीहरु लगायत सरोकारवालाहरुले लैङ्गिक हिंसा अत्य गरौं, प्रविधिको सहि प्रयोग गरौं” लगायत हिंसा विरुद्धका विभिन्न नाराहरु लगाउदै खानीगाउँ भवनपोखरा देखि नगरपालिकासम्म प्रभातफेरी गरेका थिए । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, मोती पुस्तकालयका लाईब्रेरीयन इन्द्र प्रसाद सापकोटा, पुस्तकालयका कर्मचारी शुसिला शर्मा लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । ट्याग गल्स कृषा तिवारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन ट्याग परियोजना कोर्डिनेटर रमा भुसाल पोख्रेलले गर्नुभएको थियो ।

ताजा

Related Articles