२२ पौष -पोखरा बिरौटाबाट एक बालक बेपत्ता भएका छन् । झापा घर भै पोखरा-१७ बिरौटा बस्ने १२ बर्षका लिजन धमला यहीं पौष ७ गतेदेखि हराएका हुन । बिरौटा एक्स आर्मी स्कुलको नजिकैबाट छोरा हराएको र आफन्तको घरमा पनि नगएको , जताततै खोजी गर्दा पनि छोरा नभेटिएको लिजनको ममी बिपना धमलाले जानकारी दिनुभयो । हराएको १५ दिनसम्म पनि छोरालाई नभेटेपछि परिवार चिन्तामा डुबेको छ । आफ्नो छोराको खोजिका लागि प्रहरी लगायत सबैलाई अनुरोध गरिएको बुबा सन्दिप धमलाले बताउनुभयो । पोखरा, बुटवल, चितवन लगायतका ठाउँमा खोजी गरिरहेको मामा राम सुनारले बताउनुभयो । भान्जाको खोजीका लागि पोखरा, बुटवल लगायतका प्रहरी चौकीमा निवेदन दिएको उहाँले बताउनुभयो । कहि कतै बाबुलाई देख्ने भेट्ने व्यक्तिले प्रहरी अथवा परिवारमा जानकारी दिनको लागी उहाँले अपिल गर्नुभएको छ । प्रहरी, परिवार र आफन्तले लिजनको खोजी गरिरहेका छन् ।

