22.1 C
Kathmandu
Sunday, April 19, 2026

पर्वत जेसीजको ३० औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

२७ पौष, पर्वत-पर्वत जेसीजको ३० औं पदस्थापन तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । शुक्रवार कुश्मामा एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०२५ का अध्यक्ष अच्युत पौडेलले हालै निर्वाचित २०२६ का अध्यक्ष सर्मिला शर्मालाई पद तथा माईन्यूट दिएर जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । पर्वत जेसीज बर्ष-२०२६ का लागि निर्वाचित अध्यक्ष सर्मिला शर्माले पदभार ग्रहण ग्रहण गरेसँगै बोर्डका सबै पदाधिकारीहरुले सपथ लिएका छन् । कार्यक्रममा बोल्दै जेसीज पर्वत २०२५ का अध्यक्ष अच्युत पौडेलले सबैको साथ र सहयोगमा आफ्नो कार्यकाल सफल र उत्कृष्ट भएको बताउदै कार्यसमिति पदाधिकारी तथा सबै सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । जेसीज पर्वत २०२६ का नवनिर्वाचित अध्यक्ष सर्मिला पौडेलले जेसीजको मर्म र भावनालाई आत्मसात गर्दै सबैसँगको समन्वय र सहकार्यमा युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै सामाजिक कार्यलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले पर्वत जेसीजले समाजमा पुर्‍याएको योगदान र सामाजिक कार्यको प्रशंसा गर्नुभयो । जेसीजको सकारात्मक र रचनात्मक कार्यमा नगरको तर्फबाट सधैं सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पर्वत जेसीज-२०२५ अध्यक्ष क्लबका अध्यक्ष निर्मल बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा जेसीज बाग्लुङ, म्याग्दी, स्याङ्जा, पोखरा, तनहुँ लगायतका शाखा अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थित तथा शुभकामना मन्तव्य रहेको थियोे ।

‎उक्त कार्यक्रममा पर्वत जेसिजका पुर्व अध्यक्षहरुले स्थापना गर्नुभएको विभिन्न अवार्डहरु समेत वितरण गरिएको थियो । त्यस्तै उक्त समारोहमा पर्वत जेसीजले नेपाल पत्रकार महासंघ पर्वतलाई सम्मान गरेको छ ।

कार्यक्रममा पर्वत जेसीज-२०२६ का उपाध्यक्ष अजय पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे भने जेसीज आस्थापाठ उपाध्यक्ष सपना पौडेलले पढ्नुभएको थियो ।

‎पहिलो चरणको कार्यक्रम जेसिज पर्वत-२०२५ का अध्यक्ष अच्युत पौडेलको अध्यक्षता र २०२५ का महासचिव प्रवेशराज पुरिले संचालन गर्नुभएको थिए भने दोस्रो चरणको कार्यक्रम २०२६ का अध्यक्ष सर्मिला शर्माको अध्यक्षता र महासचिव रामचन्द्र सुवेदीले संचालन गर्नुभएको थियोे ।

ताजा

Related Articles